सिद्धार्थनगरमा ‘आाखा परिक्षण गराएका १५३ जना मध्ये ६ जनामा मोतिबिन्दु

भैरहवा, सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आाखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर ५ र १३ वडाको संयुक्त आयोजनामा गरिएको शिविरमा १५३ जनाले आाखा परिक्षण गराएका छन् ।
नगरपालिकाको कार्यालय र लुम्बिनी नेक्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यत्रिया सम्बन्धी सम्झौता बमोजिम वडा नम्बर ५ र १३ ले शनिवार मारवाडी सेवा संघको सभाहलमा निःशुल्क आाखा जााच शिविरको आयोजना गरेका थिए । शिविरमा दुवै वडाकावासीहरु लाभान्वित भएका छन् ।
‘आाखा परिक्षण गराएका दुवै वडाका १५३ जना मध्ये ६ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले झने, ‘अब ती ६ जना व्यक्तिहरुको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यत्रिया समेत गराउनेछाौ ।’
नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयवासीहरुको स्वास्थ्य तर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बताए ।
बढ्दो उमेर, आाखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाासागै बिताउने जीवनशैली लगायतका कारण आाखामा समस्या आउने गरेको छ । मोतिबिन्दुका विरामीका लागि सिद्धार्थनगर नगरपालिकाले आफ्नो नगरवासीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ । हालसम्म वडा नम्बर २, ४, ५, ६, ७, ८, १०, ११ र १३ मा शिविर सम्पन्न भएको छ । जसमा एक हजार पााच सय पचास बढी नगरवासीहरु लाभान्वित भएको र जसमध्ये ९६ जनाले निःशुल्क रुफमा मोतिबिन्दुको शल्यक्रिया गराइसकेको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका वरिष्ठ नेत्र अधिकृत एवं बाहृय कार्यत्रम संयोजक सञ्जु अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!