होटल ग्लास्गोको रेष्टुरा मेडिकल कलेजमा

भैरहवा । होटल ग्लास्गोले मेडिकल कलेज नजिकै ग्लास्गो रेष्ट्रो थकाली फूड एण्ड क्याफे संचालनमा ल्याएको छ । विगत ४ वर्ष देखि होटल ग्लास्गो बैंकरोडमा व्यवस्थापन गरिरहेका युवा मनिष ढकालले त्यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्देै रेष्टुरेन्ट संचालनमा ल्याएका हुन ।

मेडिकल कलेज क्षेत्रमा डाक्टर, मेडिकल विद्यार्थी र कुरुवाहरुलाई मध्यनजर गर्दै थकाली खाना सहितको रेष्टुरेन्ट र क्याफे संचालन गरेको बताए । उनले गसर्भिस र गुणस्तरमा कुर्नै सम्झौता नगरी २५० रुपैयाबाट थकाली खाना पस्किने बताए ।

११ जनालाई रोजगारी समेत दिएका ढकालले ६० जनालाई एकै पटक सेवा दिन मिल्ने गरि बातानुकुलितसुविधा सहितको संरचना बनाएका छन । करिब ६० लाखको लगानीमा सेवा सुरु गरेका उनले यसलाई विस्तारै बढाउदै अझै सहुलियत दरमा सेवा पस्किने बताए ।

चिया र नास्ता पसल भए पनि शान्त बातावरणमा एसीमा बसेर क्याफेको स्वाद लिने ठाउँको पनि अभाव रहेको महशुस गरेर सेवा विस्तार गरेका छौ । मेडिकल कलेज आसपास क्षेत्रमा राती १० बजेदेखि होटल बन्द हुने गरेकाले यसलाई २४ सै घण्टा संचालन गर्ने योजना बनाएको उनले भने ।

ढकालले थकाली खाना अति सुलभ मूल्यमा उपलब्ध गराइने र खानामा प्रयोग गरिने सामाग्री पहाडी जिल्लाबाट मगाइएको शुद्ध र गुणस्तरीय हुने दावी गरे । मासिक तथा नियमित खाना खानेको हकमा १० प्रतिशत छुट गरिने ढकालले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!