धर्ममा राजनीति नघुसाउँः डा. शशांक

भैरहवा । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले धर्ममा राजनीति घुसाउन नहुने बताएका छन् । उनले धर्म न निरपेक्ष न सापेक्ष हुन्छ र धर्म स्वतन्त्र हुन्छ भन्ने आफ्नो बटमलाइन भएको बताए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने, ‘चारवटा तारामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । जुन दिन हामीले धर्म निरपेक्षता लेख्यौं, मैले सुशील कोइराला दाइलाई भने एउटा झण्डा झिकिदिनुस् र तीनतारे झण्डा बनाइदिनुस् । मैले यो कुरा पार्टीको महाधिवेशन र उनले हिन्दू राष्ट्रको अहिले बोलबाला रहेको र

नेपालमा झण्डै ८० प्रतिशत हिन्दूहरु रहेको बताए । उनले भने, ‘म हिन्दू राष्ट्रको पक्षमा छैन । तर, धर्म निरपेक्ष नकारात्मक शब्द हो । धर्म स्वतन्त्र हुन्छ । त्यही हो मेरो बटमलाइन । मेरो आमाले दैनिक पूजा पाठ गर्नुहुन्थ्यो । मैले बुवा विपी कोइरालालाई सोधे किन आमाले दैनिक पूजा पाठ गर्नुहुन्छ । उहाँले भन्नुभयो, त्यो उसको स्वतन्त्रताको कुरा हो । विपीलाई मानिसहरु नास्तिक भन्थे ।’

राजनीतिमा दुःख गर्न तयार हुनुपर्ने उनले बताए । ‘राजनीति गर्ने हो भने लिने नभइ दिने हो । समाजलाई रुपान्तरण गर्ने हो । समाजलाई केही दिने हो । चुनाव जित्न पैसा चाहिन्छ भनेर भ्रष्टाचार गर्ने होइन । विवेक नभएको व्यक्तिले भ्रष्टाचार गर्छ, उनले भने ।’

प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले कांग्रेस सरकारमा जाँदा स्पष्ट धारणा लिनुपर्नेमा जोड दिए । उनले महिलालाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए । १७ लाख हेक्टर खेतीयोग्य जमिन भएको नेपालमा किन युवाहरुलाई हामीले किसान बनाउन सकेनौ भन्दै उनले प्रश्न गरे । उनले भने, ‘हामी किन मल कारखाना किन राख्दैनौं ? कृषिप्रधान मुलुकमा कृषिमा ३ प्रतिशत बजेट छ । सबै खानेकुरा विदेशबाट आयात गरेर खाइरहेका छौं । यहाँ उत्पादित सुन्तलालगायत वस्तुले उचित बजार पाउन सकेको छैन । ’

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको सभापतित्व तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, रुपन्देही क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, प्रकाश बहादुर सिंह खड्कालगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!