रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न भएको छ । धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छन् । ’उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै जानुपर्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकास योजना जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारी टीमले उच्च मनोबलका साथ काम गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वमा ध्यान दिनुपर्ने बताए ।

रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

१४ औं गाउँसभाले कार्यपालिकाले चालू आर्थिक वर्षमा हालसम्म पारित गरेका कार्यविधि अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को १३ औं गाउँसभाबाट पारित योजना÷कार्यक्रम संशोधन गरी योजना÷कार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार कर्मचारी तथा करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए । त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा गर्नुको साथै खानेपानी सम्बन्धि ऐन समेत पारित गरेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!