कोरोनाको प्रभाव: भारतीय नाका सुनौलीमा २ सय ५० नेपाली अलपत्र, बालबालिका र विरामीलाई सास्ती ।

सम्झना शर्मा
भैरहवा,चैत
सोमबार विहान १० बजेसम्म नेपाल भारत सिमामा आईपुगेका नेपाली यतिवेला आफ्नो परिवारसंगै दुखसुख साट्दै होलान । तर १० बजेपछि त्यहां आईपुेका करीब २ सय ५० नेपाली भने सिमापारी अलपत्र अवस्थामा छन् ।
यसरी अलपत्र पर्नेमा कतिपय नेपालबाट भारत जानका लागि आजै घरबाट हिडेका छन् भने धेरै जसो भारतमा रोजगारीका लागि गएका नेपाली युवाहरु त्यहांको काम छुटेपछि नेपाल फर्काइएका छन् ।
रुपन्देहीको मणिग्रामका एक परिवार साना छोराछोरी साथमा लिएर दिल्लीका लागि सोमबारै घरबाट निस्किएका थिए । भारतीय सुनौली वसपार्क पुग्दा गोरखपुरका लागि वस पाएनन् र उनीहरु पु:न नेपाल फर्किन लाग्दा नेपाली सिमा बन्द गरिएको थियो । उनीहरु दिल्ली जाने सम्भव नदेखिएपछि नेपाल फर्किन आटेका थिए । तर बालबच्चासंगै सुनौली नाकाका अलपत्र छन् ।
यस्तै स्याङ्खजा घर भई भारतको मुम्बईमा काम गर्ने रामु विक साहुले होटल बन्द गरी घर पठाएपछि नेपाल आउदै थिए । उनलाई कतिवेला आफ्नो घरपरिवारसंग भेट गरौं जस्तो भईरहेको छ । तर एकाएक सिमामा किन रोकियो भन्दै नेपाल सरकारलाई प्रश्न गर्दैछन् । चेकजांच परेर नेपाल प्रवेश गराउन उनले अनुरोध गरे । अझ बालबच्चा संग सिमामा रोकिएका परिवारहरु निकै पीडामा देखिएका छन् ।
कतिपय विवाहका लागि आफन्तको घरमा गएर फर्किदै गरेका छन् भने कति भारतमा अध्ययनका लागि गएका छन् । आजै नेपालमा विवाहका लागि जस्ती सिहत आएका वेहुलाको गाडि समेत फिर्ता पठाईएको प्रहरीले जनाएको छ ।
नेपाल सरकारको सोमबार वसेको मन्त्री परिषद्को बैठकले सोमबार विहान १० बजेदेखि सिमा पुर्ण रुपमा बन्द गर्ने घोषणा गरेसंगै नेपाल भारत जोडिएका सबै नाकाहरु पुर्णरुपमा बन्द हुंदा गन्तब्यका लागि हिडेका यात्रुहरु विचल्लीमा परेका हुन् । यसरी अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गरी उचित रुपमा क्वारेन्टाइनमा राख्न विभिन्न क्षेत्रका व्यतिmहरुले सुझाव दिएपनि यो समाचार तयार हुदासम्म कुनै ठोस निर्णय गरिएको छैन ।
सिमामा खटिएका सुरक्षाकर्मीहरुले आफुहरु सरकारको नियार्णभन्दा बाहिर गएर एकजनालाई पनि प्रवेश दिन नसकिने बताएका छन् । सशस्त्र प्रहरी नायव उपरिक्षक मान बहादुर शाहीले सरकारको निर्देशन अनुसार सिमामा प्रवेशका लागि कडाई गरिएको बताए ।
सिमामा नेपालीहरु ऋलपत्र परेभन्ने खवरसंगै यतिवेला नेकपाका शिर्ष नेताहरु समेत बैठकबाट निकास निकाल्न तत्पर रहेको नेकपा प्रदेश कमिटी सचिवालय सदस्य पुक्ष्पाञ्जली उपाध्यायले बताईन् । अहिले नाकामा सरकारको तिन तहको सुरक्षा संयन्त्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छ ।

बेलहिया नाकाको हेल्थ डेक्समा सोमवार १० बजे सम्म मात्र करिव ८ सय १५ जनाको स्वास्थ परिक्षण भएको छ । नाकामा गएको ५ दिनमा करिव ५२ हजार ६ सय ६३ जनाको स्वास्थ परिक्षण भएको छ । नेपालीहरु आउने क्रम अझै जारी छ । नेपालबाट भारत प्रवेश गर्ने भारतीय जागरिकहरु पनि नेपालतर्फ रोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!