प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा पक्राउ परे भारतिय नागरिक

भैरहवा । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिना देखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्काले देखि नै तस्कर माथीको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोशाकका प्रहरीहरु परिचालन गरि दैनिक रुपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिदै आएका छन ।

प्रहरीलाई आएको सूचना र नियमित चेकजाँचका आधारमा पछिल्लोे एक महिना देखि तस्कर र अवैध सामान बरामद भएको दिन नै छैन । आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एक जना भारतियलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई नै अनुचित प्रभावमा पार्नु रहेको छ । निगरानी र चेकजाँचमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएका भारतको जिल्ला महाराजगंज थाना सुनौली फरेना बस्ने ४५ वर्षिय सोनु मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

उनले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत अवरोध सिर्जना गरेकोले पक्राउ गरिएको हो । आइतबार बिहान करिब ११ बजे गल्लामण्डीमा भारतबाट लुकाईछिपाई ब्रोईलर कुखुराहरु नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

उक्त प्रहरी टोलीले रोकेर सोधपुछ गर्न खोज्दा टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत सिर्जना गरेको हुँदा सोनुलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको डीएसपी भट्टले बताए ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्दामा म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!