लागुऔषध सहित ३ जना पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ रामनगर स्थितमा लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

टोलीले निगरानी गर्दै चेकजाँच गरी ब्राउनसुगर खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित रोहिणी गाउँपालिका वडा नं ३ वस्ने वर्ष १९ को अनरजित यादव, वर्ष १९ कै आशिष धोवी र सिद्धार्थनगरपालिका वडा नं १ वस्ने वर्ष २९ को सहदेव हरिजन लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ७५ ग्राम ४१० मिलिग्राम, लु ४ ८ प ८८७ नम्वरको मोटरसाईकल र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

आइतबार उनीहरुलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी ७ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उनले भने । लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कासूरको मात्रा हेरी १० बर्ष देखी १५ बर्ष सम्म कैद र ७५ हजार देखी २ लाख सम्म जरीवाना हुने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!