अन्तराष्ट्रिय सिमा नाकामा वाटर एटीएम र शौचालाय शिलान्यास

भैरहवा । नेपाल भारत सिमानाका बेलहियामा पर्यटकलाई लक्षित गर्दै सार्वजनिक शौचालय तथा वाटर ए.टी.एम.को शिलान्यास गरिएको छ ।

स्थामार्गबाट सबै भन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहियामा पर्यटक तथा सर्वसाधारणहरुको सहजताका लागि नेपालकै पहिलो सिमानाकामा अत्याधुनिक शौचालय र वाटर एटीएम निर्माणको थालनी गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ४० लाखको लगानीमा उक्त पूर्वाधार बन्न लागेको हो । अपाङमैत्री तथा सुविधासम्पन्न शौचालयमा महिला, पुरुष र अन्यको लागि फरक फरक कम्पार्टमा शौचालय बनाइने छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुपन्देहीका इञ्जिनियर सुनिल यादवका अनुसार २ वटा डिस्पेन्सर सहित एटीएम सरहको निशुल्क खानेपानीको व्यवस्था वाटर एटीएममा हुनेछ भने ३ वटा महिला, ६ वटा पुरुष तथा अन्यका लागि शौचालय बन्ने छ । उपभोक्ता समिति मार्फत एक वर्ष निर्माण सम्पन्न हुने गरि काम सुरु गरिएको उनले भने ।

शिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजाने सकिने बताए । उनले नेपाल पर्यटनका लागि बनेको राष्ट्र भएकोले पर्यटनमैत्री पूर्वाधारमा जोड दिनु पर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेको मन्त्री पाण्डेयले सीमा नाका बेलहियामा निर्माण हुने शौचालय र वाटर ए.टी.एम.ले पर्यटकलाई सहजता प्रदान गर्ने र राम्रो सन्देश जाने विश्वास व्यक्त गरे । प्रहरी, प्रशासन र सरकारी निकायले मात्र पर्यटकलाई सहजता प्रदान गर्न नसक्ने भएकाले अतिथि देव भव नारालाई व्यवहारमै कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ । उनले बेलहियासँगै बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय रुपन्देही र मालपोत कार्यालयमा वाटर ए.टी.एम. स्थापना हुने जानकारी दिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बेलहिया धेरै पर्यटक भित्र्याउने नाका रहेको बताए । उनले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने बताए । उनले भने, ‘सिद्धार्थनगरलाई क्लीन, ग्रीन एण्ड इको–फ्रेण्डिली नगर बनाउँछौं । नगरप्रमुख खानले बेलहियामा सडक निर्माण कार्यले छिटो पूर्णता पाउने बताए । ’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सुविधासम्पन्न र अत्याधुनिक शौचालयको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्री पाण्डेयको पहलमा निर्माण हुन लाग्दा खुसी लागेको बताए । उनले सीमा नाकामा चेकजाँच प्रणालीलाई व्यवस्थित गर्दै एकद्वार प्रणाली अवलम्ब गर्नुपर्ने माग गरे । ‘चेकजाँचका नाममा स्थानीयबासीलाई हैरानी दिने काम बन्द गर्नुपर्छ । शंका लागेको अवस्थामा चेकजाँच गरौं । तर, ठाउँठाउँमा चेकपोष्ट हुँदा हैरानी भएको छ, ’उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!