साताव्यापी रुपमा विश्व वित्तीय सप्ताह मनाइदै

भैरहवा । नेपाल राष्ट्र बैंकको आयोजनामा विश्व वित्तीय सप्ताह(ग्लोबल मनि विक) मनाइदै छ । सोमबार देखि सुरु भएको सप्ताह अन्तर्गत भैरहवामा मंगलबार जिल्लामा रहेका बैंक, वित्तीय तथा लघुवित्तीय संस्था, कर्मचारी तथा संचालकहरुले वित्तीय जागरण सम्वन्धि सचेतनामुलक नगर परिक्रमा गरिएको छ ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेशन अफ इकोनोमिक कोपरेशन तथा डेभलपमेन्टको संयोजनमा सन २०१२ देखि यो सप्ताह विश्वभर मनाउने गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख तथा निर्देशक सत्येन्द्र सुवेदीले जानकारी दिए । विश्वव्यापी रुपमा २०१२ देखि मनाइदै आएको सप्ताहको नेपालका लागि भने राष्ट्र बैंकले संयोजन गर्दै आएको छ ।

नेपालमा वार्षिक कार्यक्रम अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा २०१३ देखि नियमित रुपमा विविध कार्यक्रम गरि मनाइदै छ भने सिद्धार्थनगर शाखाले विगत ३ वर्ष देखि निरन्तर रुपमा साताव्यापी विविध साक्षरताको कार्यक्रम आयोजना गर्दै आएको छ । यो सप्ताहको मुख्य उद्देश्य नै युवा र सरोकारवालहरुका लागि वित्तिय सचेतना गराउनु रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।

ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले केन्द्रिय कार्यालय, मातहत तथा प्रदेश कार्यालयबाट साताव्यापी कार्यक्रम गरेको हो । नियमन गर्ने मातहतका बैंक तथा वित्तीय संस्थाहरुले पनि आ आफ्नो तरिकाले शिक्षा तथा सचेतना अभिवृद्धिको कार्यक्रम गरिरहेको उपनिर्देशक पाण्डेले बताए ।

सप्ताह अन्तर्गत सिद्धार्थनगर कार्यालयले रुपन्देहीको मर्चवारका सामुदायिक विद्यालयहरुमा वित्तीय साक्षरता सचेतनामुलक कार्यक्रम, संचार माध्यममा सन्देश मुलक सूचना तथा जानकारी, विभिन्न विद्यालयका विद्यार्थीहरुmाई राष्ट्र बैंकको कार्यालय अवलोकन तथा बैंकिङ्ग गतिविधी अवलोकन गराइएको बैंकले जानकारी दिएको छ ।

निर्देशक सुवेदीले यस वर्ष १२ औं श्रृख्लाको रुपमा मार्च १८ देखि २४ तारिख सम्म ‘तपाईंको पैसा सुरक्षित भए तपाईंको भविष्य सुरक्षित हुन्छ’ भन्ने नाराका साथ सप्ताह मनाइरहेको बताए । उनले यो विश्वव्यापी वित्तीय चेतनामुलक अभियान हालसम्म १७६ मुलुकका ६ करोड भन्दा बढी बालबालिका र युवा माझ पुगीसकेको बताए । यस्को मुख्य उद्देश्य बालबालिका, किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने नै हो । वित्तीय क्षेत्रबाट दिने सुविधा र उपकरणको अपनत्व गर्दै वित्तिय स्थायीत्व कायम गर्नको लागि हुदै गरेको विकाससँगै सक्षम प्रयोगकर्ताको विकास हुनुपर्छ । बैंक तथा वित्तिय संस्थाहरुले पनि आ आफ्नो तर्फ वित्तिीय साक्षरताको कार्यक्रम गर्दै आएका छन ।

सप्ताह अन्तर्गत बैंकहरुले पनि उद्योगी व्यवसायी, गृहणी, युवा, विद्यार्थी लगाएतलाई समेटेर वित्तीय साक्षरताको महत्तव, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्तव, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको बिकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा कार्यक्रम गर्ने गरेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!