भारतजादै गरेकाे ट्रक सहित टुथपेस्ट भन्सार अगाडिबाट नियन्त्रणामा

भैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, फेयर एण्ड लबली क्रिम लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट विहीबार साझ बरामद भएको हो । स्राेतका अनुसार उक्त ट्रक भन्सार कार्यालय हुदै नेपालका प्रवेश पाएको थियो ।

भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको कागजपत्र नभएको ट्रक सहितमाे सामान नियन्त्रणमा लिएको बताए ।

“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएका छाै । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छाै ।”, आफू काठमाडौं भएकाेले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । ट्रकमा भएकाे सबै सामानकाे एकिन भएकाे छैन ।

सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनिका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेतापनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको छ ।

कसले कहाँ काे मार्फत पठाईरहेकाे थियाे भन्ने खुल्न सकेकाे छैन । केही समय अघि पनि यही नाका हुदै भाारत पुगेकाे यस्तै अवस्थामा नेपालका लागि उत्पादित बस्तु बरामद भएको थियो ।

भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेको छ । बरामद सामान ठुलाे मात्रामा रहेकाे यश क्षेत्रकाे नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएकाे हुनु पर्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!