लुम्बिनीबाट गएकाे बस धादिङमा दुर्घटना

भैरहवा । रुपन्देहीको लुम्बिनी पडरीया बसपार्कबाट काठमाडौं जादै गरेको सिद्धार्थ यातायातको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ।

लु२ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।

केसीका अनुसार दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले  उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ ।

चालकसहित ३७ जना घाइते छन्। बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य नौ जनाको खोजी कार्य भइरहेको जानकारी दिए।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा लुम्विनीको माहिलवारबाट १८ जना बुटवलबाट १२ जना र सुनवलबाट २ जनाले टिकट लिएर चढेको सिद्धार्थ यातायात ब्यवसायी प्रालिका उपाध्यक्ष सागर गुरुङ जानकारी दिए ।बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।   मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!