चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा

भैरहवा । भैरहवामा आइतबारबाट चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । विगत ३ दशकबाट होटल व्यवसायमा सक्रिय रहेको सम्राट ग्रुपले चौथो होटलको रुपमा रूपन्देही सिद्धार्थनगर नगरपालिका ३ को सिंगापुर कोलनीमा चारतारे नयाँ होटल सञ्चालनमा ल्याएको हो । यसअघि चितवन, पोखरा र काठमाडौंमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले होटलको औपचारिक उद्घाटन गरे ।

डेढ विगहा क्षेत्रफलमा अवस्थित होटल ५ वर्ष लगाएर निर्माण भएको होटलका सञ्चालक आशा गुरुङले बताए । उनले निकट भविष्यमै यस क्षेत्रकै ठूलो १० हजार वर्गफिटको हल निर्माण गर्ने बताए । डिलक्स, सुपर डिलक्स, फेमिलि, र स्वीट गरी ५० कोठा, स्विमिङ पुल, रेष्टुरेण्ट, रूफटप बार तथा ६ सय जना क्षमताको सेमिनार हल रहेका छन भने पर्यटकहरुलाई स्तरिय सेवा प्रदान गरिनेछ ।

त्यसवाहेक पर्यटकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दैै आगामी दिनमा होटलका सेवा सुविधाहरु विस्तार गर्दै जाने योजना रहेको सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले बताए । होटलले आजबाट व्यवसायीक रुपमा बुकिङ सूरु गरेको छ ।

“भैरहवा विमानस्थल सञ्चालनमा आएपछि सो क्षेत्रमा आवश्यक पर्ने स्तरिय होटल सेवालाई मध्यनजर गर्दै भैरहवामा होटल सञ्चालनमा ल्याएका हौं”–होटलका सञ्चालक पाण्डेले भने । त्यसवाहेक भारतिय र श्रीलंकाका पर्यटकहरुलाई सडकमार्गवाटै पनि आकर्षित गर्ने योजनामा रहेको पाण्डेले वताए । भारतसंगको सिमावाट जम्मा चार किमि दुरीमा रहेको होटलले विवाह, नेपाली र भारतिय कर्पोरेट कार्यक्रम तथा माईस टुरिजममा आधारित रहेर विभिन्न योजनाहरु ल्याउने पाण्डेले वताए ।

पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए ।
अधिकांश कोठामा सुर्यको बिहानी किरण पुग्ने गरी निर्माण भएको होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ ।

जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको बताए । सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित गरेर आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसलले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना नहुने समेत बताए । ल्याण्डमार्क सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!