नेपाल–भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी शुरु

नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवा आजदेखि शुरु भएको छ । नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार आजदेखि अन्तरदेशीय भुक्तानी सेवा शुरु भएको हो । तर अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।

नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न भने केही समय कुर्नुपर्ने भएको छ । फोन–पेलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएका कारण नेपालीले भारतमा अनलाइन भुक्तानी गर्न पाएका छैनन् । स्वीकृति पाउनासाथ नेपालका फोन–पेका ग्राहकले भारतमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

नेपालीले भारतमा भिम यूपीआई र भारतीयले नेपालमा फोन–पेको भुक्तानी प्लेटफर्म प्रयोग गरेर क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोन–पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स सक्रिय गर्नुपर्छ । यसपछि भारतीयले नेपाल आउँदा फोन–पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

अन्तरदेशीय भुक्तानीका लागि अहिलेसम्म ई–सेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैँले निर्धारण गर्नेछन् । गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानीबारे समझदारी भएको थियो ।

प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदान–प्रदान भएको थियो ।

त्यसपछि दुवै पक्षले गृहकार्य गर्दै आज भुक्तानी शुरु भएको हो । यसले नेपाल र भारतका नागरिकलाई भुक्तानीमा निकै सहज हुनेछ । यस्तै नगद बोक्ने समस्याको अन्त्य हुनेछ भने एकअर्का देशमा समस्या पर्दा सजिलै पैसा पठाउन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!