१९० किलोमिटरको यात्रा बालबालिका सहित फरक क्षमताका यात्रीले गरे पुरा

भैरहवा । १९० किलोमिटरको साइकल यात्रा सामान्य होइन । तर रुपन्देहीमा भएको त्यो यात्रामा एक अपाङ सहित ३ जना बालबालिकाले सहजै पार गरेका छन । यो अवसर भने साईकल सिटी भैरहवाले जुराएको हो । लुम्बिनीको प्रचार प्रसार भएपनि लुम्बिनीसँग सम्बन्धित अन्य क्षेत्र अझै पनि ओझेलमा रहेको भन्दै बुद्धस्थलको प्रबद्र्धनका लागि साइकल सिटी भैरहवाले बुद्धज्ञान साईकल यात्रा आयोजना गरेको हो । माघ १२ र १३ गते २ दिने यात्रामा नेपाल भारत र चिनका करिब २ सय बढि जना साइकल यात्रीहरु सहभागि भएपनि अधिकांसको ध्यान केही पात्रहरुमा मात्रै थियो ।

भारतको बरेलीबाट साइकल यात्रामा आएका आठ वर्षिय रणवीर सिंहले भैरहवाबाट सुरु भएको साइकल यात्रा समानान्तर रुपमा चलाउदै पुरा गरेका छन । उमेरले आठ वर्षको भएपनि साइकल चलाउने जोश भने व्यस्क सरहनै थियो । उनले १९० किलो मिटरको साइकल यात्रा सहजै पार गरि जिवनको सात हजार किलोमिटरको यात्रा पुरा गरेका छन सानै उमेरमा ७ हजार किलोमिटर पार गर्नु समान्य होइन । कक्षा २ मा अध्ययनरत सिंह साढे ४ बर्षको उमेर देखि साइकल चलाउन थालेको बुवा आश्विनी कुमार सिंहले बताए । ५ बर्षको उमेरमा ४४ किलोमिटरको साइकल यात्रो, ७ वर्षमा नेपालगंजमा ८८ किलोमिटरको साइकल यात्रा गरिसकेका छन ।

यस्तै सिद्धार्थनगर ९ की वर्ष ११ की आशिवीनि खरेलले पनि भैरहवा–रामग्राम देखि कपिलवस्तु सम्मको यात्रा पुरा गरेकी छन भने ११ वर्षिय मनिक श्रेष्ठले पनि बुद्धज्ञान यात्रा गरेका छन । अश्विनीले यस अघि भैरहवा देखि त्रिवेणी सम्मको साईकल यात्रामा पनि सहभागिता जनाएकी थिइन उनले अहलिेको यात्रामा बुद्धस्थलको बारेमा धेरै जानकारी पाएको बताईन ।

यी बालबालिकाहरुसँगै शारिरीक रुपमा फरक क्षमता भएका काठमाण्डौका साईकल यात्री पुरुषोत्तम साहुखलले पनि साइकल यात्रा पुरा गरेका छन । वातावरण र स्वास्थ्यको लागि साइकल आवश्यक भन्ने उर्जाका साथ अपाङगता भएपनि ५४ वर्षको हुदा पनि देशका बिभिन्न स्थानमा भएका साईकल यात्रामा आफु सरिक भएको र यो ज्ञान यात्रामा किन नपुग्ने साईकल यात्रा गर्ने बानी नै परि सक्यो भन्दै साहुखलले सुनाए । सबैको साथ सहयोगले यहाँ सम्म आएको छु शारिरीक रुपमा केही फरक क्षमताको भएपनि सहकर्मी साइकलयात्रीहरुले मलाई पुर्ण रुपमाले सहयोग गरेकोले नै यहाँ सम्म आइपुगेको उनी सुनाउछन । साईकल यात्रा गर्दा कुनै अप्ठ्यारो भएको अनुभुती भएको छैन । उनले भने

यि ४ जना त उदाहरणका पात्र मात्रै हुन बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध सँग सम्बन्धित स्थानको (परिपथ)लाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ रुपन्देहीमा बुद्ध ज्ञान साइकल यात्राको यस वर्षबाट सुरुवात गरिएको छ । स्वास्थ्य र पर्यावरणका लागि साइकल भन्ने नाराका साथ २०७७ सालमा गठन भएको साइकल सिटी भैरहवाले यसलाई प्रत्येक वर्ष आयोजना गर्ने गरी ब्राण्डको रुपमा यात्राको सुरुवात गर्यो । भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको बुद्ध ज्ञान साईकल यात्रामा नेपाल, भारत र चाईनाका गरि करिब २ सय ५० साईकल यात्री सहभागी थिए । यात्राको पहिलो दिन सिद्धार्थनगर देखि रामग्राम, देवदह, सुद्धोधन, कंचन, गजेहडा हुदै जगदीशपुर ताल सम्म रहेको थियो भने दोस्रो दिन जगदीशपरु ताल देखि निग्लिहवा, तिलौराकोट, सगरहवा, कुदान, गोटिहवा, लुम्बिनी हुदै सिद्धार्थनगर सम्म रहेको कार्यक्रम संयोजक दिनेश अमात्यले बताए ।

चिनका साइकल यात्री लिजाले यो यात्रा शान्तिका लागि भएको अनुभती गरेको बताए । सामूहिक यात्रा धेरै अर्थपूर्ण रहयो, यात्राले ऐतिहासिक ठाँउको जानकारी गराउनुका साथै यसले विश्वव्यापी गराउन उनले भने । यात्र अदभुत र साहषिक समेत रहेको उनले भने । उनीसँगै मन्दिरा महर्जनले पनि यात्रा गरिन, जीर्णद्वार भएको साइट हेर्न पाएको र यसको प्रचार प्रसार गरि अझै धेरै काम गर्नुपर्ने बताइन । बौद्ध स्थलहरुको ज्ञान दिइयो र यस्ता पुरातात्विक महत्वको क्षेत्रको विश्वमा प्रचार गर्न जरुरी रहेको छ, यसलाई निरन्तरता दिर्दै साइकल यात्राकै माध्यमबाट विश्वव्यापी बनाउन सकिने उनले भनिन ।

ओझेलमा परेका गनतव्यहरुलाई साईकल यात्रीहरुलाई परिचित गराउने काम गरेको भन्दै ठाँउ ठाँउ विभिन्न क्षेत्रले स्वागत समेत गरे । साईकल बाबाका नामले परिचित भारतको बरेलीका साईकल यात्री संदिप जिंदलले यस अघि नेपालगंजमा भएका ५ मध्ये ४ वटा साईकल यात्रामा आफु सहभागी भएको बताए । “बुद्धस्थलहरुमा दुई दिने साईकल यात्रामा आउदा छुट्टै ज्ञान र आनन्दको अनुभुती भएको छ । नेपाल आउदाँ धेरै मज्जा लाग्छ, सबैले मलाई नेपाल त तिम्रो दोस्रो घर हो भन्दछ ।” जिंदलले भने ।

साइकल यात्रामा भारतको जम्मु कश्मिरकी साईकल यात्री डाक्टर ऋतुले पनि सहभागिता जनाइन । उनले धेरै नै अविश्मरणीय क्षण यात्राको दौरान रहेको बताउदै यसलाई निरन्तरता दिनु पर्ने बताइन । गत बर्ष ठाकुरद्वारामा भएको कार्यक्रममा यात्रा गरेको थिए अहिले नेपालमा मेरो दोस्रो साईकल यात्रा भएको उनले भनिन । बुद्ध बारे जानकारी र यहाको आतिथ्यता धेरै नै राम्रो लागेको उनले सुनाइन  ।

यस क्षेत्रको ब्राण्डको रुपमा देश विदेशका साइकल यात्रील्याई विश्वमा चिनाउन लुम्बिनी र ओझेलमा परेका लुम्बिनीसँग सम्बन्धित क्षेत्रको जानकारी, गनतव्यलाई परिचित गर्दै पर्यटनको माध्यमबाट बजार चलायमान गराउन २ दिने साइकल यात्राको सुरुवात गर्एिकोे साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाह सहित चीनका १ जना, भारतका १५ जना, नेपालका २ सय ८ जनाले सहभागिता जनाएका थिए ।

साइकलको माध्यमबाट बुद्धलाई थप विश्वमा परिचत गराउन यो यात्राको सुरुवात गरिएको र निरन्तर हुने दाबी गरे ।

करिब १ सय ९० किलोमीटरको यात्रा हामीले सम्पन्न गरेका छौ । साइकलले आर्थिक मात्रै होइन स्वास्थ्य र पर्यावरणको लागि पनि फाइदाजनक रहेको बताउदै यसले बुद्ध संग सम्बन्धित स्थानहरुको जानकारी गराउनुको साथै पर्यटन प्रवर्द्धन एवम प्रचार प्रसारमा अवश्यक भुमिका खेलेको छ भने केही हद सम्म आर्थिक चलायमान पनि टेवा पुगेको उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले विश्वमा साइकल यात्राको आफ्नै महत्व छ नेपाल जस्तै हिमाल पहाड तराई क्षेत्रमा साहसिक साइकल यात्राको प्रचुर सम्भावना रहेको बताए । साइकललाई आफ्नै बसमा राखी नया तरिकाको साधनको रुपमा लिन सकिने बताएउदै उनले बुद्ध जन्मेको देश, करुणाको देश, माया र ममताको देश, विश्व शान्ति पुरयाउने देशमा साइकल यात्राले बुद्धभुमिलाई निकै अगाडि बढाउने बताए । यो यात्रा सुरुवात नेपालकै लागि धेरै महत्वपूर्ण रहेको बताउदै यसले चेतना र स्वास्थ्यलाई अग्रसर गराउने विश्वास लिएको उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!