ईट्टा उद्योग बन्द हुने अवस्थामा पुग्यो : उद्योगी

भैरहवा । रुपन्देहीका ईट्टा उद्योगी व्यवसायीहरुले उद्योग बन्द हुने अवस्था आएको बताएका छन । निर्माणजन्य काममा आएको गिरावट र स्थानीय ईटाको प्रयोग कम हुन थालेपछि रुपन्देहीको ईट्टा उद्योग धराशायी हुने अवश्थामा पुगेको भैरहवामा लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन । एका तर्फ बजारमा माग न्यून छ, तयार भएको इटा विक्री हुन सकेको छैन भने बैंक र करका लागि पटक पटक ताकेता हुदै गएको उद्योग संचालनमा समस्या सृजना भएको उद्योगीहरुको भनाई छ । चर्को ब्याजदर, कर माथिको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो ब्यवसाय धरापमा परेको उद्योगीहरुले गुनासो गरेका छन् ।

संघका अध्यक्ष अजय कुमार गुप्ताले अहिले मुख्य हाम्रो सिजन भएपनि उद्योगीहरु निराश छन गत वर्ष २५ प्रतिशत उद्योगले मात्रै उत्पादन गरेकोमा ति ईटा अहिले सम्म पनि विक्रि नभइसकेकोले उत्पादन नगर्ने पक्षमा रहेको बताए । यहाँ ५२ वटा उद्योग छन तर अधिकांस उद्योगको अवस्था त्यस्तै रहेको छ । अहिले २÷३ वटा उद्योगहरु बाहेक अन्य सबै उद्योगहरु उत्पादन नगर्ने मनसायमा रहेका उनले भने ।

जिल्लामा अहिले करिब ८ करोड गोटा मात्र ईट्टा मौजदात रहेका छन् । यस पटक रुपन्देहीको हिरो इट्टा उद्योग, एभरेष्ट इट्टा उद्योग र जेएम इट्टा उद्योगले मात्र उत्पादनको लागि तयारी गरेका छन । ४ महिना काम गरेर वर्ष दिन व्यवसाय गर्ने उदोगीहरु भने अहिले दुविधामा छन ।

“देशको आर्थिक मन्दीको कारण अहिले आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन, जसले माग घटाएको छ ।”संघका अध्यक्ष गुप्ताले यसले समग्र उद्योगीहरुको आर्थिक चक्र नै प्रभावित बनेको बताए । उद्योगहरु धराशायी बनेको अवश्थामा बैंक ब्याज तिर्न नसकेको उनको भनाई छ । यस्तै सरकारले निर्माण ब्यवसायीहरुको रकम भुक्तानी नगरेको कारण बिक्रि भएको रकम पनि असुल हुन सकेको छैन । “यस्तो अवश्थामा मूल्य अभिवृद्धि कर लगायत बुझाउन सकिएको छैन, नतिजा त्यहा पनि हर्जाना बुझाउनु परेको छ ।” गुप्ताले भने “यस्तो अवश्थामा स्थानिय तहहरुले माटो लगायतमा पनि रोयल्टी बढाएको छ, यस्तै भए हामी कसरी उद्योग चलाउने ?”

उनले अहिलेको अवश्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानिय तहहरुले बढाएको बिभिन्न कर हटाईदिन आग्रह गरे ।

संघका महासचिव दिपक पौडेलले भएको मौज्दात ईट्टाहरु बैंकहरुको दबाबको कारण सस्तोमै बेच्नु परिरहेको बताए । उनले भने “८ देखि १० वटा ईट्टा उद्योगहरु लिलामीमा चढेको अवश्था छ ।”

रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् ।

प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको अधिकारीले बताए ।

ब्यवसायीहरुले काँचो ईट्टाको बिमा बारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले ब्यवसायी मारमा परिरहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!