भैरहवा । भारतको अयोध्यास्थित नवनिर्मित भगवान राम मन्दिरमा प्राण प्रतिष्ठा आगामी माघ ८ गते हुँदैछ । उक्त दिनको अवसर पारेर रुपन्देहीको भैरहवामा शोभा यात्रा तथा दीप प्रज्जवलन गरिने भएको छ ।
सनातनी युवा परिवारले माघ ८ गते सोमबार दिउँसो साढे १२ बजे शोभा यात्रा निकाल्ने तथा साँझ दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट निकालिने शोभा ९रथ० यात्रा गल्लामण्डी, मिलनचोक, बैंकरोड, देवकोटाचोक, बुद्धचोक, नारायणपथ हुँदै पुनः श्री रामजानकी हनुमान मन्दिरमा पुगेर समापन हुने कार्यक्रम संयोजक बैजनाथ गुप्ता ९बी।एन।० ले बताए । कार्यक्रम संयोजक गुप्ताका अनुसार शोभा यात्रामा सहभागी हुन भैरहवाका विभिन्न संघ–संस्थाहरुलाई पत्र पठाइएको छ । ‘शोभा यात्रामा रुपन्देहीसहित अन्य छिमेकी जिल्लाबाट पनि भक्तजनहरु आउनुहुनेछ । ३ हजार बढी भक्तजनहरु सहभागी हुने अपेक्षा गरेका छौं । तर, यो संख्या अझ बढ्न सक्नेछ, ’उनले भने ।
माघ ८ गते साँझ ६ बजेपछि श्री राम जानकी हनुमान मन्दिरमा दीप प्रज्जवलन गरिने र प्रसाद वितरण गरिने गुप्ताले जानकारी दिए । नगरबासीहरुलाई आ–आफ्नो घरमा दीप प्रज्जवलन गरी माघ ८ गतेलाई उत्साहको दिनको रुपमा मनाउन आग्रह गरिएको उनले बताए । ‘श्री राम जानकी हनुमान मन्दिरमा १ लाख ८ हजार दीप प्रज्जवलन पनि गरिनेछ, ’उनले भने । माघ ८ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिनका लागि माग गर्दै प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयसँग आग्रह गरिएको गुप्ताले बताए । कार्यक्रमलाई सभ्य, भव्य र शान्तिपूर्ण बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको र थप स्वयंसेवक पनि परिचालन गरिने गुप्ताको भनाइ छ ।
समाजसेवी दुर्गा प्रकाश गुप्ताले भैरहवामा रहेको सम्पूर्ण मन्दिरमा दीप प्रज्जवलन गर्न आग्रह गरिएको बताए । श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन सनातनी युवा परिवारले शोभा यात्रा तथा दीप प्रज्जवलन गर्न लागेको बताए । उनले धर्मको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
