भैरहवा । रुपन्देहीका मोबाइल व्यवसायीहरुले खुला सिमाका कारण व्यवसायमा ठूलो मर्का परेको बताएका छन । विना भन्सार अवैध रुपमा भित्रिने मोबाइल र एसेसरिजले नेपाली व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेको बताए ।
मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको प्रथम अधिवेशन तथा साधारण सभामा बोल्दै प्रमुख अतिथी उद्योग ब्यपार महासंघका केन्द्रीय सचिवालय सदस्य मनिषकुमार जोशीले व्यवसायीक एकता भई व्यवसायिक र संस्थागत विकासमा लाग्नु स्वागतयोग्य काम भएको बताए । वर्षौ देखि संगठन एकताबद्ध गर्न प्रयास भएपनि पछिल्लो समय व्यवसायीहरुले संंगठनको उद्देश्य, यसको महत्व, साझा प्रयास, संगठनको बार्षिक कार्ययोजना बुझेर यस्को स्थायित्वको लागि प्रयास भएको बताए ।
जोशीले खुला सीमाले गर्दा अवैध मोबाइल भित्रिने र यसले ब्यवसायीलाई समस्या भइरहेको भन्दै रोक्न माग गरे । संगठनका अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता, उध्योग ब्यपार महासंघका केन्द्रिय सचिवालय सदस्य मनिष कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ सल्लाहकार गिरिश त्रिपाठी, लुम्बिनी प्रेस क्लवका कार्यवाहक अध्यक्ष कमल रायमाझी, ब्यवसायी हरिश सेठिया लगायतले सबै व्यवसायीहरु करको दायरामा आई संगठित हुन आग्रह गरे । अहिलेको अतिआवश्यक बस्तुको रुपमा रहेको मोबाइलले काममा धेरै सहजता ल्याएको बताएउदै हरेक व्यक्तिका लागि मोबाइल अपरिहार्य रहेको बताए ।
वैध रुपमा नेपाल आउदा मोबाइलहरु महंगो भएकोले सिमावर्ती क्षेत्रका उपभोक्ताहरु मोबाइल र एसेसरिज लिन कै लागि भारतिय बजार जाने हुदा नेपाल सरकारले एमडीएमएस प्रणली पूर्ण कार्यान्यनयनमा ल्याए यो समस्याको समाधान हुने व्यवसायीहरुले भने । बैध रुपमा मोबाइल ल्याउदा भारतको तुलनामा नेपालमा मोबाइल महँगो पर्ने प्रतिस्पर्धा गर्न कुनै पनिहालतमा नसकिने भएकोले ा ब्यवसाय धरापमा परेको उनिहरुको भनाइ थियो । ब्यवसायीहरुले सरकारले ल्याएको एमडिएमएस प्रणाली कार्यान्वयनमा लैजान माग राखे । उनिहरुले भारतबाट आउने मोबाइलका कारण नेपाली ब्यवसायीहरु मर्कामा परेको बताउदै भारत हुदै अवैध रुपमा आउने मोबाइललाइ नियन्त्रण गर्नुपर्ने समेत बताए ।
संगठनले वार्षिक कार्यक्रमकै अवसरमा चोरी तथा अवैध मोबाइलको रोकथामका लागि प्रहरीसँगको सहकार्यमा सफलता प्राप्त गर्ने जिसी मोबाइल, दिप मोबाइल र कृष्ण मोबाइल सेन्टरलाई सम्मान समेत गरेको छ ।
अध्यक्षमा पुनः गुप्ता
मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता (बीएन) सर्वसम्मत निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुप्ता पुनः निर्वाचित भएका हुन् । संगठनको शनिबार भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा साधरणसभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गुप्ता यसअघि संगठनको तदर्थ समितिको संयोजक थिए । संगठनको उपाध्यक्षमा हरिबहादुर पाण्डे, महासचिवमा राजकुमार गुप्ता हलुवाई, सचिवमा सन्तोषकुमार नाउ, सह–सचिवमा प्रविन गैरे, कोषाध्यक्षमा श्यामप्रकाश गुप्ता र सह–कोषाध्यक्षमा दिनेश गुप्ता निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रख्यात बञ्जाडेले बताए ।
यस्तै, संगठनको कार्यसमिति सदस्यहरुमा दीपक पौडेल, जसवन्त धवल, सत्यम कलवार, पुरुषोत्तम केशरी, रमेश यादव र मोहम्मद रसिद मुसलमान सर्वसम्मत निर्वाचित भएका छन ।
