राष्ट्रबैंक अगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय पिडितको प्रदर्शन

भैरहवा । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आइतबार प्रदर्शन गरेको हो । उनीहरुले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर, गरिब किसानहरुलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर अगाडि सभा गरेका छन ।

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैंक अगाडि कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या त्था ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताए ।

लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पिडितहरुले गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!