लुम्बिनी । लुम्बिनी प्रदेश सरकार आज आइतबार विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी नमुना र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका हुन्।
केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नै उनीहरूको नाम टुंगो लगाइ प्रद्रेश प्रमुखकहाँ शपथका लागि पठाइसकेका मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएकाे छ ।
सरकारमा पठाउने दुई व्यक्ति र मन्त्रालयको पनि छिनोफानो भइसकेको छ, मुख्यमन्त्री सचिवालय स्रोतले भन्यो, आज नै शपथ हुने छ। लुम्बिनी सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डे पनि दुई जना नयाँ मन्त्री थपिएको तथा आइतबार नै शपथको कार्यक्रम तय भइसकेको बताए।
लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा रोज राणाु को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। संस्थापन पक्षधर उनी मन्त्री बनिसकेको र आइतबार शपथ हुने निश्चित भएको स्रोतले जनाएको छ।
कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो। माओवादीले बाँकेकी कृष्णासँगै रोल्पाका दीपेन्द्र पुन सिजल लाई मन्त्री बनाउन सिफारिस गरेको थियो। तर कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अडान र विरोधका कारण दीपेन्द्र मन्त्री बन्ने सम्भावना क्षिण बनेको हो।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार त्यहीकारण सरोज थापालाई मन्त्री बनाउन नहुने भन्दै यसअघि पटकपटक मन्त्रिमण्डल विस्तार गर्न खोजिएको प्रयास सफल हुन नसकेको हो।
अहिले मन्त्रिमण्डलमा को को छन्रु
१। डिल्लीबहादुर चौधरी – नेपाली कांग्रेस – मुख्यमन्त्री, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय।
२। धनबहादुर मास्की – नेकपा माओवादी केन्द्र – अर्थमन्त्री।
३। राजु खनाल– नेपाली कांग्रेस – स्वास्थ्यमन्त्री।
४। सन्तोषकुमार पाण्डेय– लोकतान्त्रिक समाजवादी पार्टी – गृहमन्त्री।
५।भण्डारीलाल अहिर – जनता समाजवादी पार्टी – कृषि तथा भूमि व्यवस्थामन्त्री।
६। चन्द्रकेश गुप्ता – जनता समाजवादी पार्टी – सामाजिक विकासमन्त्री।
७।धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी – भौतिक पूर्वाधार विकासमन्त्री।
