सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली सुरु

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् ।

प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए । उनले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने बताएका छन् ।

स्वचालित पेशी व्यवस्थापन भएपछि के हुन्छ ?

कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्छ । स्वचालित रुपमा तारिख दिइन्छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ । यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो थियो। अब त्यो हट्ने विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!