अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालनका लागि सहमति नभएपछि धर्ना यथावत रहने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ । उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना हुदै आएको छ । वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएपनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जानउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

आज भएको छलफलबाट खासै उपलब्धी नभएपछि  मंगलबार प्रधानमन्त्रीसँग समय लिई छलफल हुनेछ । हवाई कम्पनिहरुले उडानका लागि सकारात्मक भएको जनाएपनि उपलब्धीमुलक निर्णय नभएकोले विरोध स्वरुप भएको धर्ना जारी रहने सञ्जालले जानकारी दिएको छ ।

विमानथल अगाडि निरन्तर धर्नाको कार्यक्रम भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिद्धार्थ सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश तीनवटै संस्थालाई पत्राचार गर्दै अन्तराष्ट्रिय उडान संचालनको व्यवस्था मिलाउने विषयमा सरोकारवाला निकायसँग छलफलको लागि बोलाएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन गर्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसंग सोमबार छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलको अवस्था, संचालन , चुनौति र अवसरका बिषयमा जानकारी गराएका थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि निजि क्षेत्र निराश छन । उद्घाटन भएको लामो समय वित्ला समेत राज्यले अर्बौ लगानी गरेर पनि अन्तराष्ट्रिय उडान गर्न उदाशिनता देखाएकोेले निजी क्षेत्रले पूर्ण सञ्चालनको लागि दबाब मुलक कार्यक्रम गर्दै आएका छन । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया लगायतपटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले निजी क्षेत्र बाध्य भएर विरोधको कार्यक्रम गरिरहेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सिंहदरबारस्थित मन्त्रालयमा भएको  सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किराँतीले गौतम बुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको मर्म र भावनाअनुरूप विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । केन्द्र सरकारले बिकेन्द्रीकरणको निति नलीदा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालन हुन नसकेको, संघले अझै पनि राजधानी केन्द्रीत काम गर्दा यो बिमानस्थल संचालन आउन नसकेको मुख्यमन्त्री चौधरीले भने ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।  उनले सबै सरकारले गर्दछ भनेर बस्न नहुने बताए ।
विमानथलको प्रभावकारी सञ्चालनका लागि संघ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक प्रदिव अधिकारीले भैरहवा बिमानस्थल बाट उड्ने प्यासेन्जर सुल्क घटाएर र त्रिभुवन बिमानस्थल बाट उड्ने प्यासेन्जरको बिमानस्थल सुल्क बढाएर भैरहवाको बिमानस्थल लाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका एम डि बिरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा बिमान संचालन गर्न आफु तयार रहेको बताए ।

सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले राजधानीका केही ब्याक्तीहरुको दवावका कारण बिमानस्थल संचालन हुन नसकेको बताए । बिमानस्थल संग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नु पर्ने जोड दिए । बिमानस्थललाई हेरेर भैरहवाका ब्यावसायिहरुले अर्बौ लगानी गरेको र त्यो ढुब्ने अवस्थामा आएको ज्ञवालीले बताए ।

सिद्धार्थ संजालका बरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्र प्रकास श्रेष्ठले बिमानस्थल संचालनमा राजधानीबाटै असहयोग भएकाले सरकार गंभिर बन्नु पर्ने बताए । हामी भैरहवामा सात हजार पर्यटकहरुलाई एकैसाथ स्वागत गर्न सक्दछौ पुर्वाधारको कुनै कमी छैन् श्रेष्ठले भने ।

अन्तर्राष्ट्रिय उडानमा रहेका बिमानहरुलाई भैरहवा जानै पर्ने बाध्यकारी निती बनाएर  भैरहवा पठाउनु उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनका लागी बाहीरी पुर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको सिद्धार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तराष्ट्र्रि बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरे । म आजै देखी काममा लागे तपाईहरु हेर्नुहोस यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ उनले भने । आज बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित गर्नेमा सबै निकायहरु संग छलफल सुरु भयो हामी छिट्टै भैरहवा दिल्ली , भैरहवा नोयडा उडान गर्दछौ । साथै भैरहवाको बिमानस्थल हेण्डीलिड. गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरि कार्यन्वयन गर्ने तयारीमा छौ छलफलमा मन्त्री किरातीले भने ।

छलफलमा पर्यटन मन्त्री सुदान किराती , पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी , मुख्यसचिव डा. वैकुण्ठ अर्याल , श्रम रोजगार तथा नागरीक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी , नेपाल नागरिक उड्यन प्रधिकरणका महाप्रबन्धक प्रदिव अधिकारी ,सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली , सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्र प्रकास श्रेष्ठ, उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपाने , सोटो नेपाल लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष संजय बजीमय , चेम्बर अफ कर्मस लुम्बिनी प्रदेशका सदस्य खिम बहादुर खत्री, नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त ,  सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ , लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली , भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी ,  सिदार्थ उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र आर्चाय ,  महासचिव कृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
लामो समय देखि अन्तराष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा चरणबद्ध आन्दोलनको कार्यक्रम भइरहेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!