भैरहवा । रुपन्देहीका होटलमा थप गुणस्तरीय सेवा प्रदान गर्न आइतबारबाट होटल कर्मचारीका लागि सीप स्तरोन्नती तालीम सुरु भएको छ ।
भैरहवा तथा आसपासका होटलहरुमा रोजगारी बढाउने, प्रदान गरिरहेको सेवामा थप दक्षता बृद्धि गर्न र बदलिदो अवस्था अनुसार होटलका कर्मचारी पनि अध्वाधिक हुनु पर्ने उद्देश्यका साथ आईतबार देखि भैरहवामा ९६ घण्टे सीप स्तरोन्नती तालीम सुरु भएको हो । होटल एसोसिएसन अफ नेपालको आयोजनामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम अन्र्तगत तालीम सुरु गरिएको छ । तालीमको उद्घाटन कार्यक्रममा बोल्दै होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्यले नेपालमा बढ्दो पर्यटकहरुलाई लक्षित गरि उनिहरुले होटलमा पाउने सेवामा गुणस्तयिता बढाउने उद्देश्य सहित तालीमको आयोजना गरिएको बताए ।
नेपालमा आउने बिदेशी पाुहनाहरुले ७ वटै प्रदेशका होटलहरमा समान सेवा सुविधा एवम अनूभुति गर्न पाओस भन्ने उद्देश्यले सबै प्रदेशमा यस्ता कार्यक्रमको आयोजना गरिने उनले जनाए । नेपालमा हामी ३० लाख पर्यटकलाई राख्न सक्ने क्षमता भए पनि अहिले १० लाख मात्र पर्यटकहरु राख्नु परेको अवश्था रहेको उनको भनाई छ । नेपालमा दिगो पर्यटन क्षेत्रको विकासको लागि नेपाल कृषि प्रधान देश मात्र नभई अब पर्यटन देशको नारा सहित होटल एसोसिएसन अफ नेपाल अगाडी ब्ने उनले बताए । उनले सरकारले यस क्षेत्रमा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन गर्न सके यसले समग्र नेपालकै पर्यटन क्षेत्रमा सकारात्मक असर पुग्ने बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सीपी) ले तलीमले यसै क्षेत्रमा काम गरिरहेकालाई थप दक्ष बनाउने बताए । होटलका कर्मचारी दक्ष भएपनि अझै एडवान्स बनाउने प्रशिक्षणको रुपमा यो कार्यत्रम रहेको छ । धेरै उपलबिधमुलक तालिम भएकोले तालीममा सहभागी भई तालिमबाट धेरै अवसर भएको बताए ।
आईतबार सुरु भएको तालीम २०२४ को डिसम्बरको १० तारेख सम्म ९६ घण्टा सञ्चालन हुनेछ । २० जना सहभागीहरुलाई प्रशिक्षक रामकरण पाण्डे लगायतको टोलीले हाउस किपिङ बारे तालीम प्रदान गर्ने कार्यक्रम संयोजक सुजैन लामाले जानकारी दिईन ।
सिद्धार्थ होटल संघको समन्वयमा भैरहवामा सुरु भएको तालीमको उदघाटन कार्यक्रममा होटल एसोसिएन अफ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठ, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, सोट्टो लुम्बिनीका अध्यक्ष श्रीचन्द गुप्ता लगायतले बोलेका थिए ।
