निर्माण व्यवसायीले आफै सच्चिनुपर्छ , संघको अध्यक्षमा भुसाल निर्वाचित

भैरहवा । निर्माण व्यावसायीहरुले आफैबाट सुधार गर्नु पर्ने बताएका छन । अहिले निर्माण व्यवसायी मात्रै होइन सम्पूर्ण निजि क्षेत्र ध्वस्त भएको बताउदै यो अवस्था आउनमा तपाई हामी सबैको कमजोरी रहेको बताए ।
लुम्बिनी निर्माण व्यवसायीको १७ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशनमा बोल्दै प्रमुख अतिथी निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामाले अहिले निर्माण व्यवसायी पिडामा हुनुको बाहिरी कारण भन्दा पनि आफै निर्माण व्यवसायीमा रहेको बताए ।

टेण्डर आफुलाई पार्न न्यूनतम मुल्य कायम गर्ने, गुणस्तरीय काम नगर्ने, अवस्था नबुझी टेण्डर लिने, आफ्नो क्षमता भन्दा बढि काममा हात हाल्ने लगायतका कारणले निर्माण व्यवसायी मारमा परेको बताउदै व्यवसायी चुस्त दुरुस्त र मनन गरेर मात्रै लाग्न आग्रह गरे । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुका मागप्रति बेवास्ता गरी सकिएका आयोजनाहरुको भुक्तानी नदिदा असर परिरहेको र व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताए ।

महासंघको साना व्यवसायीको हक अधिकारको लागि लडाई इमान्दारी पूर्वक लडिरहेको बताउदै लामो आन्दोलन पछि भएको सहमति कार्यान्वयन गर्नका लागि केन्द्र सरकारसँग अन्तिम छलफल भइरहेको बताए । सहमति भएको ४ महिना बित्दा पनि कार्यान्वयनका लागि आदेश नमानेको कर्मचारीहरु प्रति महासंघ कडा रुपमा प्रस्तुत भएसँगै अबको एक सातामा आन्दोलनको सकारात्मक नतिजा आउने बताए ।

महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले लुम्बिनी निर्माण व्यवसायीले महासंघ र लुम्बिनी प्रदेशसंघलाई टेवा पूग्ने उपलब्धीमुलक कार्य, सरसल्लाह र क्रियाकलाप गर्दै आएकोले व्यवासायिक हकहीतका लागि पूर्व अध्यक्ष सहितको टिमले संघलाई एकताबद्ध गर्दै सर्वसम्मत टिम चयन गर्न आग्रह गरे । भुक्तानी, म्याद थप, ऐन संशोधन, लाइसेन्स लागयतका निर्माण व्यवसायीका विभिन्न समस्या समाधानका लागि महासंघ अहोरात्र खटेपनि सफलता सोचे जस्तो नपाएकोले यसका लागि आन्दोलन गर्न परेपनि सबै तयार रहेको बताए ।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले देशकै नमुना र अत्याधुनिक डिजिटल प्रयोगशाला महासंघको पहलमा निर्माण भई उद्घाटनको तयारीमा रहेको बताउदै यही केही दिनमै दाङबाट यस्को सेवा सुरु हुने बताए । पदको लागि तछाडमछाड गर्नु भन्दा मिलेर संस्थालाई बलियो बनाउने तर्फ सबैलाई लाग्न आग्रह गरे । संघकै पहलमा धेरै कामहरु भएकोले निर्माण व्यवसायीको गरिमा बढाउने काम गर्न सबै व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ता,, पूर्व अध्यक्ष लगायतले इतिहासमै नभएको अवस्थामा उद्योगी व्यवसायी गुज्रिरहदा समेत सम्बनिधत निकाय नबुझेको जस्तो गरिरहेको , हर्षित हुनुपर्ने दिनमा पनि तनावको अनुभूति लिनु पर्ने अवस्था रहेको, निर्माण व्यवसायीको लापरबाहीले पनि कतिपय सानाठूला योजना अलपत्र परेकाले ध्यान दिनु पर्ने, संस्थागत भ्रष्टाचार हटाउने तर्फ सबै लाग्नु पर्ने बताए । उनीहरुले निर्माण व्यवसायी पनि सच्चीनु पर्ने बताउदै अबको नेत्ृत्वमा हकहित र संस्थामा खटिएर काम गर्ने नेत्ृतव चयन गर्न आग्रह गरे । उनीहरुले निर्माण व्यवसायीले भुक्तानी नपाउँदा यसबाट बैंक, वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको जनाए ।

संघका अध्यक्ष दिपक शाहीको अध्यक्षता महासचिव प्रयास खड्काको संचालनमा भएके कार्यक्रममा संचारकर्मी, निर्माण व्यवसायीहरुलाई सम्मान गरिएको थियो । शनिबार हुने १३ औँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । संघमा करिब ३ सय ४० सदस्य रहेका छन ।

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा भुसाल निर्वाचित

लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मन्जु भुसाल निर्वाचित भएकी छन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । भुसाल एमालेनिकट हुन् ।  ४८ मतान्तरका साथ भुसाल विजयी भएकी हुन भने उनीसँगै अध्यक्ष पदका उम्मेदवार रहेका गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६/८६ मत प्राप्त गरेका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार टिका बहादुर श्रेष्ठ सन्तोषले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिए ।

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन सरवरले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।

त्यसै गरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय रिजालले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।

सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले जानकारी दिए ।

त्यस्तै खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री १७४, रोशन प्रसाद भण्डारी १४०, सुरेन्द्र यादव १३०, सतीस मिश्रा १२१ र शुभम रौनियार ११६ मतका साथ विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञान बहादुर पुनले ८३ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी थारु विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्र बहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा जग नारायण चौधरी १०५, चुरामणि न्यौपाने १०३, सुशिल बस्याल १०२, यादव नाथ न्यौपाने १०२, कृष्ण प्रसाद चौधरी ९४ र भरत चौधरी ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!