सिद्धार्थ सिमेन्टको सचेतना, कोराना भाईसरबाट बच्ने उपाय लेखिएका टिसर्ट वितरण ।

भैरहवा, ८ चैत
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईसरबाट बच्ने उपायका बारेमा यहांका उद्योगी व्यवसायीहरु सक्रिय रुपमा लागेका छन् । शनिवार भैरहवाको प्रतिष्ठीत उद्योगीको संस्था सिद्धार्थ गु्रपको उत्पादन सिद्धार्थ सिमेन्ट प्रा.लि.ले भैरहवाको मिलनचोकमा कोरोना भाईसर र यसबाट बच्ने उपायहरु ल्ोखिएका १ सय ५० थान टिसर्टहरु सर्वसाधारणलाई वितरण गरेको छ ।

उद्योगी व्यवसायीहरु सधै सरकारको सहयोगीको रुपमा रहेकोले हालको संकटमा पनि कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले गरिरहेको प्रयासलाई सघाउ पुरयाउने उदेश्यले सर्वसाधारणको सचतनाका लागि टिर्सट बांडिएको सिद्धार्थ सिमेन्ट प्रा.लि.का महाप्रबन्धक अरुण अग्रहवालले बताए ।
विश्वका सम्पन्न राष्ट्रलाई समेत कोरानाको संक्रमणले त्रसित बनाईरहेको अवस्थामा आफ्नो स्थानका नागरिकमाझ चेतना दिनु हरेक नागरिकको दायित्व रहेको अग्रहवालले बताए । सो अवसरमा प्याब्सन रुपन्देहीका केन्द्रिय सदस्य विष्णु पन्थी,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्ििथतिमा नागरिकलाई टिसर्ट वितरण गरिएको थियो । सिद्धार्थ गु्रपले देशका मुख्य शहरहरुमा करीब दुई हजार टिर्सट वितरण गरिने जनाएको छ । सिद्धार्थ गु्रपका हाल रुपन्देहीमा करीब १५ वटा विभिन्न उद्योगहरु संचालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!