कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरेको जानकारी दिए ।
उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन तस्करी कै लागि चन्द्र एक वर्षमा ३ पटक दुबई ओहोरदोहोर गरेको प्रहरीले जनाएको छ ।
विशेष सुराकीका आधारमा चन्द्रलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेकाे सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
