भैरहवा । गौतमबुद्ध अन्तरािष्ट्रय विमानस्थल नियमित उडानको लागि दबाब स्वरुप भैरहवा चरणबद्ध आन्दोलनको कार्यक्रम हुदै छ । विमानस्थल नियमित सञ्चालन गर्न सरकार उदाशिन रहेको भन्दै रुपन्देहीको संघ संस्थाहरुको संस्था सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विगत एक महिना देखि विरोधका कार्यक्रम गर्दै आन्दोलित छन । उद्घाटन भएको १६ महिना वित्दा समेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौ लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र विरोधमा आउँदो शुक्रबार (मंसिर २२ गते) भैरहवामा विरोध ¥याली प्रदर्शनको तयारी गरेका छन ।
विमानस्थललाई पछ्याउँदै नीजि क्षेत्रले गरेको अर्वौंको लगानी जोखिममा परेपछि विभिन्न नीजि व्यवसायिक संघ, संस्था र जनस्तरबाट सरकारको विरोध हुन लागेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र , छलफल र अन्तरक्रिया गरेका छौ दिएका छौ । सबैको चासो र चिन्ताको विषयमा हामीले नेतृत्व गरेर सरकारलाई दबाब स्वरुप पहिलो चरणमा बृहत विरोध ¥यालीको आयोजना गर्न लागिएको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । हामीले केही कार्यक्रमहरु गरेपनि अब व्यापक रुपमा दबाब सृजन ागर्ने चरणको कार्यक्रम तय गरेका छौ जसको सुरुवात शान्ती पूर्वक विरोध ¥यालीबाट गर्न लागिएको उनले भने ।
“हामीले ट्राभल एजेण्टहरुलाई आन्तरिक तर्फ पनि टिकट नकाट्न आग्रह गर्दै पत्र पठाएका छौं ।” ज्ञवालीले भने “सो अवधि सम्म सरकार नजागे आन्तरिक बिमानहरु ठप्प पार्नेछौं ।” गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासिनताको कारण यहा ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको उनिहरुको दावी छ । बिमानस्थल सञ्चालनको लागि अब “गर या मर”को स्थिति आएको बताउदै यहाका ब्यवसायीहरु त्यसको लागि आफुहरु बलिदान दिन तयार रहेका छन । “नेपालमा आन्दोलन नगरि केही प्राप्त हुदैन भन्ने नजिर स्थापना भएको छ ।” उनले भने
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न माग गर्दै धेरै पटक प्रधानमन्त्री, पर्यटन मन्त्री, गृहमन्त्री, मुख्यमन्त्री लगायत्का विभिन्न निकायमा पूर्व जानकारीसहित ज्ञापनपत्र बुझाइएपनि कुनै सुनुवाइ नै गरिएन,’ ज्ञवालीले भने, ‘हामीले राखेका मागको कुनै सम्बोधन नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रेका हौं ।’
चरणबद्ध आन्दोलन अर्न्तगत आउदो मंसिर २४ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपुर्ण धर्ना र २५ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम सञ्जालले सार्वजनिक गरेको छ ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संघर्ष समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी प्रदेशका विभिन्न नीजि व्यवसायिक संघ संस्था, पर्यटन व्यवसायी, नागरिक समाज र राजनीतिक दल समेतसंग समन्वय र सहभागीतामा चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताए ।
‘सरकारले यो विमानस्थललाई देखाउँदै लगानी गर्न निजी क्षेत्रलाई हौस्यायो,’ उनले भने, ‘अहिले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न चासो नदिएर निजी क्षेत्रको अर्बौंको लगानी डुब्दापनि सरकारले कुनै चाशो देखाउँदैन ।’ चरणबद्ध आन्दोलन गर्ने बारेमा एक÷डेढ महिना अघि नै प्रधानमन्त्री, मन्त्री लगायत् सरकारका विभिन्न निकायमा जानकारी गराउँदा पनि कुनै चासो नदेखाइएको आरोप उनले लगाए ।
सञ्जालका अनुसार, चरणबद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने छन् । आन्दोलनलाई सफल बनाउन ५ सय १ सदस्यीय मुल संघर्ष समिति, १६ वटा विभिन्न उपसमिति, १ सय १ सल्लाहकार समितिको गठन गरिएको छ । आन्दोलनमा भैरहवा, तिलोत्तमा, बुटवल, देवदह, नवलपरासी लगायत् लुम्बिनी प्रदेशकै व्यवसायिक संघ संस्था र जनस्तरको ऐक्यबद्धता छ । आन्दोलनलाई स्थानीय सरकार र यहाबाट निर्वाचित सांसदहरुले पनि साथ र सहयोग दिइने प्रतिबद्धता जनाएका छन । आयोजकले विमानस्थल पूर्ण रुपले नचलेकै कारण सबै क्षेत्र प्रभावित भएकोले विरोध ¥यालीमा साथ र सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।
