लुम्बिनी प्रादेशिक महोत्सव: झण्डै १० करोडको कारोबार गरिदै सकियो

भैरहवा । भैरहवामा मंसिर ६ गतेबाट गते देखि सञ्चालित छैठांै लुम्बिनी प्रादेशिक महोत्सव ९ करोड ५५ लाखको कारोबार गर्दै सोमबार सकिएको छ । “राष्ट्रिय स्वाधिनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणको लागी राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण“ भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भएको छैठौं महोत्सवमा १ लाख ५० दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

अहिले समग्र आर्थिक अवस्था पनि संकटमा रहेकोले विगतको मेला भन्दा कम दर्शक र करोबार भएको मेला आयोजकले जानकारी दिएका छन । विगतको भन्दा अहिले मेलामा उत्साह घटेको छ ।

महोत्सवको समापन गर्दै सिद्धार्थनगर नगरपालिका प्रमुख तथा सविधान सभा सदस्य इस्तियाक अहमद खानले मेलाले केही हद सम्म भएपनि आर्थिक चलायमान गरि यस क्षेत्र आर्थिक विकासमा टेवा पु¥याएको बताए । नगरपालिकाले यस क्षेत्रको विकासका लागि थुप्रै योजनाहरु अघि सारेको छ भने केही योजनाहरु चालु रहेको बताए । भैरहवामा बसपार्क व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन लगायतका काममा नगरपालिका लागेको र छिटै नै नतिजा देखिने गरि परिवर्तन देख्नु हुने बताए । उनले पर्यटनको विकासको लागि डण्डा कोरिडोर आवश्यक रहेको र डण्डा कोरिडोर योजना सफल भए पर्यटकको बसाइ लब्याउन सकिने बताए ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डे, पूर्व अध्यक्ष, सल्लाहकार, सुरक्षा निकायका प्रमुख लगायतहरुले यस्तो अवस्थामा एक आपसको सहकार्य गरेर मेला सफल रुपमा सम्पन्न भएको बताए ।

स्वदेशी उद्योगबाट उत्पादित वस्तु तथा कृषि वस्तुको उत्पादन र उपभोग प्रति आम उपभोक्ताहरु लाई जागरूक बनाई उत्पादित वस्तुहरूको बिक्री बितरण र सेवाको कारोबारमा अभिबृद्घि गर्ने, उद्योगको प्रर्वद्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने एवंम पर्यटन क्षेत्रको बिकास को उद्देश्य लिई मेला आयोजना गरिएको महोत्सव मुल आयोजक समिती संयोजक दर्पण श्रेष्ठले बताए ।

उनले महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको र जिल्लाको समग्र उद्योगी व्यवसायीहरूको पेशागत हकहित संरक्षण प्रवर्धन र अधिकारको लागि समर्पित संघले बिगत वर्षमा जस्तै यस वर्ष पनि मेलासम्पन्न भएको बताए ।

गौतम बुद्धको जन्म स्थल लुम्बिनीको प्रमुख प्रवेश द्वारको रुपमा रहेको भैरहवा र आसपासको क्षेत्रलाई पर्यटकीय, औद्योगिक एवं व्यापारीक केन्द्रको रुपमा स्थापित गर्ने र लुम्बिनीको ऐतिहासिक एवं पर्यटकीय महत्वबारे व्यापक जनचेतना फैलाएर लुम्बिनी र प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यमा एक इट्टा थप्न संघ सफल भएको बताए ।

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै विभिन्न जाति विशेष रहेका खाना परिकार, च्याउका विभिन्न परिकार, हर्बल समाग्री, अग्याृनिक खाद्यन्न, महिला तथा घरेलु उद्योगबाट निर्मित समाग्री, हस्तकलाका समाग्रीहरु प्रदर्शन गरिएको थियो । महोत्सवमार्फत समाजमा लुकेका प्रतिभाहरुलाई संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत भेषभूषालाई उजागर गर्ने सहयोग पु¥याएका प्रचार प्रसार संयोजक कृष्ण पाण्डेले बताए ।

२०६६ सालबाट संगठनले महोत्सव आयोजना गर्दै आएको छ । मेलामा कृषी, उद्योग, ब्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, होटल, रेष्टुरेृन्ट, बिद्युतिय सामग्री, छाला जुत्ता, लगायतका करिब ३ सय स्टलले सेवा तथा विक्री वितरण एवं प्रदर्शन गरेको आयोजकले जानकारी दिएको छ ।

मेलाको माध्यमबाट स्थानिय ब्राण्ड तथा पर्यटन स्थलहरुको प्रवद्र्धन, उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार गराउन अवसर प्रदान भएको, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनका साथै स्थानीय कलाकारहरुले पनि स्टेज पाएको पूर्व अध्यक्ष नारायण भण्डारीले भने ।

कार्यक्रममा लुम्बिनी महोत्सव विशेषांक (स्मारिका) विमोचन गरिएको थियो । त्यस्तै मंसिर ६ गते निकालिएको औद्योगिक जनचेतना र्‍यालीमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय तथा संघ–संस्था तथा मेलामा राखिएका स्टलमध्ये उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो ।

उक्त र्‍यालीमा श्री बेलहिया माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रुपन्देही प्रथम भएको थियो । र्‍यालीमा रुपन्देही लीलाराम न्यौपाने मावि सिद्धार्थनगर–८ द्वितीय, तमु ह्युला छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगर–८ तृतीय र मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूल सिद्धार्थनगर–६ सान्त्वना भएको थियो ।

उद्योगतर्फ पाल्पाली मदनपोखरा ढाका उद्योग पाल्पा, व्यापारतर्फ मदिना सिरक स्टोर्स बुटवल, कृषितर्फ सबल नेपाल एग्रो प्रा.लि.बुटवल, पर्यटनतर्फ सुजल मःम सेन्टर चितवन र घरेलु तथा हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. भैरहवा उत्कृष्ट स्टलको रुपमा पुरस्कृत भएका छन् । त्यस्तै मार्फा फलफूल तथा तरकारी उद्योग मुस्ताङकी सञ्चालक सुकुन रसाइलीलाई सम्मान गरिएको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!