नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन आज

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ । सिद्धार्थनगर नगर पालिका वडा–१३ स्थित महेन्द्र सभा गृहमा (पट्वा ब्यान्क्वेट) बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने र सबै तयारी पूरा भएको रुपन्देही काङ्ग्रेसका जिल्ला सभापती रामकृष्ण खाणले जानकारी दिए ।

सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने खाणले जानकारी दिए । सम्मेलनमा ३ हजार ४५ जना जिल्ला प्रतिनिधिहरुको सहभागीता रहने उनले बताए ।

उनले भने, ‘जिल्ला सम्मेलनले कांग्रेसलाई गतिशिल, बलियो बनाउने, पार्टीको गुटहरुलाई न्यूनीकरण गर्ने र नेपालको लोकतन्त्र, प्रजातन्त्र र संघीयतालाई संस्थागत गर्दै अगाडि बढाउने छ । ’ ‘कांग्रेसका कार्यकर्तालाई गतिशिल, क्रियाशिल र कार्यकर्ताको आत्मविश्वास बढाएर हामी अगाडि बढ्ने हो । जिल्ला सम्मेलनको मुख्य उद्देश्य हो, ’खाणले भने ।

रुपन्देही काङ्ग्रेसमा चरम गुट्बन्दी छ। गत निर्वाचन देखिकै गुटबन्दीको असर अझै बढिरहेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका खाणले १४ औं महाधिवेशनमा निर्वाचित भएपछि जिल्लाको यो पहिलो सम्मेलन भएको र अर्कोचोटि गर्दा दोस्रो सम्मेलन हुने बताए ।  कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशको समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने दावी गरे । पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले मुलुकमा संघीयताको महसुस गरिएकोले नै संघीयता आएको बताए

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!