महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र उन्मूलन महासन्धी कार्यान्वयन सम्बन्धी अभिमुखीकरणमा उपप्रमुख अधिकारीले यस्तो बताएकी हुन् ।
सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले भनिन्, ‘एक्लो व्यक्तिको प्रयासले मात्र हुँदैन । एकजुट भएर लाग्नुपर्छ । थप प्रयास गरौं । ’उनले शिक्षामा समेत विभेद हुने गरेको बताइन् । कतिपय ठाउँमा छोरीहरुलाई पढाएर किन खर्च गर्ने भन्ने पनि सोच रहेको उनको भनाइ छ ।
उनले न्यायीक समितिले आफ्नो दायरामा रहेर काम गरिरहेको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकाको न्यायिक समिति जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको र न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी. तथा अधिवक्ता रीता खनालले लैंगिक हिंसाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपालमा महिला हिंसाविरुद्धको दिवस सन् १९९७ देखि मनाउने गरिए पनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ लाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका रुपमा मनाउने घोषणा गरेको थियो ।
