हिमचुलीको अध्यक्षमा शमशाद

भैरहवा । सिद्घार्थनगर नगरपालिका ७ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था को अध्यक्षमा शमशाद अहमद निर्वाचित भएका छन ।

शनिवार सम्पन्न १७ ओँ साधारण सभा तथा छैठौें अधिबेशनबाट शमशाद सर्वसम्वत रुपमा निर्वाचित भएका हुन । त्यस्तै उपाध्यक्षमा बेचन प्रसाद गुप्ता, सचिव घनश्याम यादव, कोषाध्यक्षमा गणेश कुमार श्रेष्ठ निर्वाचित भएका छन ।
सदस्यहरुमा दिपक प्रकाश विश्वकर्मा, पदम पाणी सुवेदी, मृत्यसन्जय पाण्डे, मीना बगाले, हनुमान सागर तिवारी, प्रोनब सरकार र कल्पना शाह रहेका छन् यस्तै राजाराम यादवकोसंयोजकत्वमा मुहम्मद महबुब खाँ र पार्वती पुन छन्त्याल सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको कानुनी सल्लाहकार दिलीप मल्लीकले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले नराम्रो समय पछि राम्रो समय आउने बताउदै अहिलेको अवस्थामा संयमता अपनाउनु पर्ने बताए । आर्थिक मन्दी सबै तिर छ, आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउदै मनोबल उच्च राखी काम गर्न अग्रह गरे ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार छेदीलाल श्रीवास्तव, सहकारीका कानूनी सल्लाहकार अधिवक्ता दिलिप कुमार मल्लिक, साथी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दीपक श्रेष्ठ, उत्साहित सहकारीका अध्यक्ष कृष्ण ढुंगाना, प्रवद्र्धन सहकारीका सदस्य तुलसीराम भट्टराई, हिमचुली सहकारीका शेयर सदस्य पर्शुराम पराजुलीलगायतले सहकारीमा लगानी सुरक्षित गर्दै वित्तिय कारोबार गर्नु पर्ने, अनुउत्पादक तथा तोकिएको क्षेत्रमा भन्दा बाहिर ऋण लगानी गर्दा जोखिम रहेकोले त्यस सहकारीले ध्यान दिन आग्रह गरे ।

श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षता, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा सहकारीका सचिव दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!