१ नं. वडाकप क्रिकेटमा स्थानीय ६ टिम मैदानमा

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ मा वडा स्तरीय प्रथम टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ ।

स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको हो । सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा सिद्धार्थ क्रिकेट रंगशाला, भैरहवामा उक्त प्रतियोगिता सुरु भएको कार्यक्रम संयोजक तथा वडा सदस्य मिन बहादुर गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दैै नगरप्रमुख इस्तियाक अहमद खानले वडाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक बनाउदै दक्षता बृद्धिको यो प्रतियोगिताले नगरको प्रतियोगितामा भुमिका खेल्ने बताए । उनले खेलकुदबाट शरीर फुर्तिलो हुने र प्रतिभा पनि प्रस्फुटन हुने हुदा स्वास्थ्यका लागि खेल लाभदायी हुने बताए । ’स्थानीयस्तरमा सञ्चालित यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेल, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल क्रिकेट संघका पूर्व सचिव प्रशान्त विक्रम मल्ल लगायतले खेलले एक आपसमा भाइचाराको सम्बन्ध पनि बढाउने भएको प्रतियोगिहरु अनुशासित भई सहभागी हुन आग्रह गरे ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा स्थानीय १ नं. वडाका त्रिमुर्ति, हर्नैया, नौडिहवा, बेलहिया, एमबीए र एन आर क्रिकेट क्लब सहित ६ वटा टीमको सहभागीता रहेको छ । १०÷१० ओभरको लिग चरणमा हुने प्रतियोगिताको प्राविधिक सहयोग क्रिकेट संघ रुपन्देहीले गरिरहेको छ ।

स्थानीय वडाकै टिमको सहभागितामा भएको प्रतियोगिताको विजेताले नगद १२ हजार र उपविजेताले ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रका साथै २० हजार बराबरको खेलकुद सामाग्री प्राप्त गर्ने वडाध्यक्ष उज्जवल पोखरेलले जानकारी दिए । प्रतियोगिता मार्फत वडाको एउटा टिम छनोट हुने र आगामी दिनमा हुने नगरकप क्रिकेट र अन्य नगरस्तरीय प्रतियोगितामा वडा नं. १ मार्फत सहभागिता गराइने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!