युनिक साउण्डको भैरहवामा आज दिपावली उत्सव

भैरहवा । दिपावलीको अवसरमा भैरहवामा साउण्ड व्यवसायी रहिश खानले सास्कृतिक कार्यक्रम गरी आयोजना गरेका छन । स्थानीय सिद्धार्थनगर ३ निवासी खान व्यवसायिक प्रतिष्ठान मार्फत विगतका वर्षहरु जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सहितको भैरहवाको प्रहरी टोलमा दिपावली उत्सव आयोजना गरेका छन ।

हिन्दुहरुको महान पर्व तिहार यमपञ्चकको दोस्रो दिन लक्ष्मी पुजाको अवसरमा भैरहवामा रौनकता ल्याउन, स्थानीयलाई मनोरञ्जन दिनका लागि सडकमा नै एकल लगानीमा झिलीमीलि गराई सास्कृतिक कार्यक्रम गरेका हुन । विगतमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्दै आएको तिहार महोत्सव कार्यक्रम यस वर्ष पनि आफ्नै व्यापारिक प्रतिष्ठान युनिक साउण्ड मार्फत सास्कृतिक कार्यक्रम आयोजना गरेका हुन ।

राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गायन तथा नृत्यबाट सास्कृतिक कार्यक्रममा मनोरञजन दिनेछन । उनले तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि करिब ५ लाखको लगानीमा आफै सास्कृतिक कार्यक्रम र सडकमा झिलिमिली लगाएका हुन । स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरुको र सम्पूर्ण भैरहवाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको युनिक साउण्डका संचालक खानले भने ।

विगत ढेड दशक देखि भैरहवामा नै केन्द्रित भई साउण्ड र म्युजिकको व्यवसाय गर्दै आएका उनले यस अघि पनि तीज महोत्सव, नयाँ वर्षमा सास्कृतिक कार्यक्रम गर्दै आएका छन । अहिले आठौं पटक भव्य रुपमा सास्कृतिक कार्यक्रम एकल लगानीमा गरेको उनले भने ।

केही भएपनि स्थानीयले मनोरञ्जन पाउछन र स्थानीय व्यापार भई आर्थिक चलायमान हुन्छ भन्ने आशले साझ ६ बजेबाट राती १० बजे सम्म कार्यक्रम गरिने उनले भने । स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझै भव्यताका साथ गर्नु पर्ने हुन्छ । स्थानीय कलाकारमा लुकेका प्रतिभाको प्रर्दशनका लागि स्टेजमा स्थानीय कलाकारहरु प्रर्दशनमा जोड दिइएको र उनीहरुको विशेष प्रस्तुती रहने संचालक खाँनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!