भुकम्पले एमाले रुपन्देहीको चियापान कार्यक्रम स्थगित

रुपन्देही । नेकपा(एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।

जाजरकोटलाई केन्द्र बनाइ गएराति गएको भुकम्पले ठूलो धनजनको क्षति गरेपछि एमाले रुपन्देहीले पूर्वनिर्धारित चियापान कार्यक्रम स्थगित गरेको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

विज्ञप्तीमा भुकम्पमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विज्ञप्तीमा भुकम्पमा परेर घाइते भएकाहरुको प्रभावकारी उद्धार र राहतका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!