भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ दयानगरमा श्रीप्रकाश बरईको साथमा रहेको रकम अज्ञात समूहले लुटेको छ । मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका दाइ समेत रहेका गल्ला व्यापारी भैरहवाबाट मर्चवारी–३ रायपुरस्थित आफ्नै आफ्नो घरतर्फ आइरहेकाे समयमा आइतबार साँझ करीब ६ बजे ज्ञात समूहले पेस्तोल देखाएर रकम लुटपाट गरेको हाे ।
भैरहवा–मर्चवार सडकखण्ड हुँदै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले पेस्तोल देखाएर रकम लुटपाट गरेको । भैरहवाको नबिल बैंकबाट रकम निकालेर घर फर्किने बेलामा भैरहवा–मर्चवार सडकखण्ड हुँदै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले पेस्तोल देखाएर साढे ५ लाख लुटेकाे बरईका भाइ समेत रहेका गाउँपालिका अध्यक्ष गयाले जानकारी दिए ।
मर्चवारमा लुटको घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले पनि पुष्टि गरेका छन् । मर्चवारमा साँझ करिब साढे ६ बजे लुटको घटना भएको खबर आएको छ । भट्टले भने “हुलियाको आधारमा आरोपीहरुको खोजबिनको लागि प्रहरी परिचालन गरिएको छ, अन्य अनुसन्धान भइ रहेको छ ।”
बरई मोटरसाइकलमा आफ्नो घर आउँदै थिए ।
