बिद्युतिय उपकरण सहित जुवाडे पक्राउ

भैरहवा । रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार कार्तिक ८ गते प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसमा छापा हानि तीन जनालाई पक्राऊ गरिएको हो ।

होटलको कोठा नम्बर ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरीएको प्रहरी नायब उपरिक्षक भट्टले जानकारी दिए ।

पक्राऊ पर्नेमा कपिलबस्तु शिबराज नगरपालिका वडा नम्बर ९ बस्ने ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय शिव ओली र रुपन्देही शुद्धोधन गाउपालिका वडा नम्बर ३ फर्साटिकर बस्ने ५५ बर्षीय राकेश बानिया रहेको छन । उनिहरुबाट प्रहरीले लु ३ च २०२२ नम्बरको कार, बिभिन्न दरका नेपाली रुपैया ८३ हजार २७० रूपैया, ६ थान मोबाइल, मोवाईलको ब्यट्री ९सानो, ठुलो० १७ थान , बिभिन्न किसिमका तासँको २४ गड्डी, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर १ थान, बिद्युतिय उपकरण ब्यट्री जस्तो देखिने २९ थान र बिद्युतिय उपकरण म्याक्स लेखेको ब्यट्री ४ थान बरामद भएको छ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा दिन ७ म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!