मूर्ति विसर्जनको क्रममा बेपत्ता मध्ये २ जनाको शव भेटियो

भैरहवा । रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा ३ जना वेपत्ता मध्ये २ जनाको शव फेला परेको छ ।

कोटहीमाई गाँउपालिका वडा नं. १ र ५ को सिमानाको रुपमा रहेका दुईमोहन नदीमा मूर्ति विसर्जनको क्रममा ३ जना दिउसो २ बजे नदीमा बेपत्ता भएका थिए, स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरुबाट खोजतलाश गरी २ जनाको शव नदीबाट निकालेको छ ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ बर्षिय अजय कुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको छ भने सोही ठाउका २० वर्षीय सन्त कुमार राजभर अझै बेपत्ता रहेका रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले जानकारी दिए । स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरुले बेपत्ता राजभरको खोजी गरिरहेको एसपी विश्वकर्माले बताए ।

नाउ प्रहरी जवान समेत रहेको र बचाउका लागि खोलामा गएको स्थानीयले बताएका छन । कोटहीमाई १ अमरगंजको मुर्ति विसर्जनको क्रममा स्थानीयहरुले मुर्ति विसर्जन गरेपछि थप केही युवाहरु मुर्ति नदीको भित्री भाग तर्फ लैजाने क्रममा ति मध्ये ३ जना वेपत्ता भएका स्थानीयले जानकारी दिएका छन ।

दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको उक्त क्षेत्रमा विगतबाट नै मुर्ति विसर्जन हुदै आएको छ । सोही स्थानमा विगत वर्ष पनि मुर्तिविसर्जनको क्रममा युवाको डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!