भैरहवा । रोजगारीको शिलशिलामा अभिभावक गुमाएका तेह्र विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गरिएकोे छ । कक्षा २ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई ४ लाख ५० हजार बराबरको छात्रवृति दिइएको हो ।
रुपन्देहीको मायादेवी ८ मा अवस्थित फयुचर लाइट हाइ स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई डिबी ल्होगे फाउण्डेशनको सहकार्यमा पूर्ण छात्रवृति प्रदान गरेको हो ।
अभिभावक रोजगारकिो शिलशिलामा देश बाहिर भई ज्यान गुमाए पछि पनि विद्यालयले अभिभावकत्व लिनु पर्छ भन्दै त्यस्ता १३ जना विद्यार्थीलाई माइग्रेन्ट स्कलर्शसीप (पूर्ण छात्रवृति) सहित शैक्षिक समाग्री प्रदान गरिएको विद्यालयका प्राचार्य गम्भिर गुरुङले बताए ।
स्थानीय क्षेत्रलाई प्राथमिकता दिदै मायादेवी–८, सिद्धार्थनगर–८ र सियारीमा केन्द्रित गरेर यो कार्यक्रम लागु गरेको छ । हामीले १० प्रतिशत छात्रवृतिको अलावा यो छात्रवृति दिदै आएका छौ ।
बालबालिकाको पालन पोष्ण र परिवार पाल्नका लागि नै बाध्यताले नेपालीहरु बाहिरी गएका छन, परिवारको खुशीका लागि पसिना बगाउन बाहिरीएका नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाईबाट बञ्चित नहोस भन्नका लागि अहिले तेस्रो वर्ष पूर्ण छात्रवृति प्रदान गरिएको विद्यालयका संचालक सन्ध्या गुरुङले बताइन । पहिलो वर्ष हामीले ६ जना विद्यार्थीलाई यो छात्रवृति प्रदान गरेका थियौ , त्यस्तै दोस्रो वर्ष ११ जना । अहिले निरन्तरता दिदै १३ जना भएका छन यो छात्रवृति निरन्तर रहने उनले भनिन ।
रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र अशक्त बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाइ विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
हाम्रो परिवार पनि माइगे्रन्ट भएकोले पृतलाई सम्झिनका लागि केही सम्मान गर्नुपर्छ भनेर वार्षिक कार्यक्रमको योजना नै बनाएको प्राचार्य गुरुङले भने । अहिले हामी दोस्रो पुस्ताले पृतलाई सम्झिदै यो कार्य गरेका छौ, सामाजिक क्षेत्रमा पनि केही योगदान हुनुपर्छ भनेर पनि तेस्रो पुस्ताले पनि यसलाई पुस्तान्तरण गर्दै निरनतरता दिएको प्राचार्य गुरुङले भने । कार्यक्रममा मायादेवी वडा नमबर ८ का निर्वाचित वडाध्यक्ष चोक बहादुर थापाको आतिथ्यतामा छात्रवृति प्रदान गरिएको हो ।
