दशै सस्तो बजारः ५० लाख कारोबार, २७ हजार अवलाेकन कर्ता

भैरहवा  । भैरहवामा संचालित दशै सस्तो बजारमा उत्साह जनक सहभागितासँगै ५० लाख बराबरको कारोबार भएकाे छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीकाे अायाेजनामा भएकाे दशै सस्तो बजार २०८०  असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म संघमा संचालन भएकोमा २७ हजारले अवलाेकन गरेकाे सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी  दिए । दशै, तिहार, छठ पर्वलाई लक्षित गर्देै भैरहवामा दशै सस्तो बजार सन्चालन भएकाे थियाे । २ दर्जन बढि स्टल रहेकाे बजारमा डिडिसीका उत्पादन देखि खाद्यन्न, जुत्ता, चप्पल, खाजा घर, दुई पाङग्रे अटोमोबाईल, च्यांग्रा लगायतका बस्तुको विक्री तथा प्रदर्शन गरिएकाे थियाे ।

बजारले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई उत्प्रेरित गर्ने र विभिन्न उद्योग, व्यावसायीहरुसंगको सहकार्यमा उपभोक्ताहरुलाई सबै शुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गर्ने, स्थानिय खाद्यपदार्थको प्रवद्धन तथा उचित मुल्यबारे जानकारी गराउने उद्देश्यले बजार अायाेजना गरिएकाे संयोजक अर्जुन कार्कीले बताए । बजारबाट केहि हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचार प्रसार हुने र आम उपभोक्ताहरुले सर्व शुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त हुने कार्कीले भने ।

बिक्रम सम्वत २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखिनै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशिल रहदै आएको छ । संघले पहिलो पटक २०५८ साल कार्तिक १ गते देखि ६ गते सम्म, दोस्रो पटक २०५९ साल असोज २१ गते देखि २६ गते सम्म संघ परिसरमा दशै बजार गरिएको थियो । तेस्रो पटक ०७९ साल असोज ११ गते देखि १४ गते सम्म संघले आयोजना गरेको बजारको अहिले चौथो पटक आयोजना गरेकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!