युसिएमएसमा तत्काल सेवा सुचारु गर्न सिद्धार्थनगरकाे आग्रह

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल (युसिएमएस) मा अनुगमन गरेको छ । विगत हप्ता दिन बढी देखि युसिएमएसमा विधार्थीहरुले आन्दोलन थालेपछि अस्पतालको स्वास्थ्य सेवा बन्द हुन पुगेको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडा नम्बर १ का वडा अध्यक्ष उज्जवल पोखरेल, वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे समेतको टोलीले अस्पतालको अनुगमन गरेको थियो ।
शुक्रबार अस्पतालमा गरिएको अनुगमनमा अस्पताल प्रशासनले नै स्वास्थ्य सेवा नदिएको पाईएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विरामीले लगभग भरिने अस्पतालमा अहिले विरामीको संख्या निकै न्यून रहेको र नयाँ विरामीको भर्ना पनि नलिएकोले पाईएको छ । जस कारणअस्पतालको ईमर्जेन्सी, मेडिकल वार्ड लगायत सबै वार्ड लगभग खाली छन् ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले अस्पताल प्रशासन र विधार्थीबीचको आन्तरिक विवादका कारण नगरवासी/सर्वसाधारणलाई नै स्वास्थ्य सेवाबाट बंचित गर्नु गलत भएको बताए ।
‘आन्तरिक विवादले गर्दा हाम्रो नगरवासीले समस्या पाउनु भएन’ उनले भने, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा बन्द गर्नु एकदम गलत हो, तत्काल सुचारु गर्नुपर्छ ।’
त्यस्तै टोली अस्पताल प्रशासनसँग छलफल पनि गरेको छ । छलफलमा अस्पतालको सेवा बन्दले नगरवासीका साथै अन्य सर्वसाधारणले दु:ख पाएकोले सेवा तत्काल सुचारु गर्न आग्रह गरिएको उनले बताए । विधार्थीहरुसगँ वार्ता गरेर वा चिकित्सक अभाव भए नयाँ चिकित्सक नियुक्त गरेर भएपनि स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गरिएको उनको भनाई छ ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले कुनै पनि विषयले अस्पतालको स्वास्थ्य सेवा बन्द गर्न नमिल्ने भन्दै तत्काल सेेवा सुरु गर्नुपर्ने बताईन् । ‘विधार्थीहरुको किन आन्दोलनरत छन् ? उनीहरुको कलेजसगँ सम्बन्धित के माग हो ? त्यो तपाईहरुको विषय हो’ छलफलमा उनले भनिन्, ‘अस्पतालको स्वास्थ्य सेवा बन्द गरिएको रहेछ, त्यो ठिक होईन, कसरी हुन्छ तत्काल सेवा सुचारु गर्नुस । नगरवासी वा अन्य कुनै पनि विरामीलाई समस्या पर्नु भएन ।’
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले अस्पतालको सेवा बन्द गरिएकोले नगरवासीलाई समस्या परेको र दसैंको मुखमा आएर अस्पतालको सेवा बन्द गर्नु गलत भएको बताए ।
छलफलका अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले आफुहरुले आन्दोलनरत विधार्थीहरुसगँ पटक पटक छलफल गरेपनि निश्कर्ष ननिस्किएको र छिट्टै पूर्ण रुपमा अस्पतालको सेवा प्रदान गर्नका लागि व्यवस्थापन गरिरहेको बताए ।
नगरपालिकाको टोलीले आन्दोलनरत विधार्थीहरुसगँ पनि छलफल गरेको र अस्पतालको सेवा प्रदानमा आफुहरुले कुनै अवरोध नगरी शान्तिपूर्ण रुपमा आन्दोलन जारी राखेको बताए ।
विधार्थीहरुले कलेज प्रिन्सिपल लक्ष्मी पाठकको राजिनामा माग गरेका छन् जुनमा अस्पताल प्रशासन माग पुरा गर्न तयार छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!