प्रथम वडा प्रमुख फुटबल प्रतियोगिताको उपाधि ढाक्रेलाई

भैरहवा । सिद्धार्थनगर–४ प्रथम वडा प्रमुख फुटबल प्रतियोगिताको उपाधि ढाक्रे खेलकुद तथा सास्कृतिक परिवारले पाएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा मंगलबारदेखि भएको खेलमा फाइनलमा तमु समाजको टिमलाई १-० गोलले पारजित गर्दै ढाक्रेले उपधी जितेको हो । जितसँगै प्रथम पुस्कार खसी, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा भएको प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको फाइनल खेलको दोस्रो हाफमा ढाक्रेका खेलाडी यसिम गुरुङले पहिलो गोल गरे । गुरुङको गोल नै निर्णयक हुदै प्रतियोगिताको उपाधि ढाक्रैले पाएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । यस्तै प्रतियोगिताको उपविजेताको रुपमा तमु समाज र उत्कृष्ठ खेलाडीको रुपमा तमु समाजकै खेलाडी सामर्थ गुरुङ नगद ११ सय सहित पुरस्कृत भए ।

विजयी खेलाडीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारी, सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्य हरि बहादुर के.सी.,सईद अहमद धुनिया, फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

वडाअध्यक्ष यादवले खेलकुद क्षेत्रको विकासका लागि राजनिति नगर्न अनुरोध गर्दै वडा स्तरबाट नै धेरै विधाका खेल प्रतियोगिताहरु आयोजना आफ्नो कार्यकालमा गर्ने बताए ।
प्रतियोगितामा फूलबारी सेवा समाज, हरेकृष्ण क्लब, ढाक्रे क्लब, ढाक्रे जुनियर क्लब, दुर्गा शिव तथा कृष्ण मन्दिर क्लब, कचरिहवा क्लब र तमु समाजको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!