नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात

भैरहवा, भुक्तानी प्रणालीलाई अभिबृद्धि गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले विद्युतीय भुक्तानीको माध्यमबाट रकम लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
विद्युतीय कारोवारलाई प्रोत्साहन गर्दै कार्यालयका निर्देशक सत्येन्द्र राज सुबेदीले एक कार्यक्रमबीच आफ्नो आन्तरिक विल फछर्यौट गर्ने क्रममा कार्यालयलाई बुझाउनु पर्ने रकम क्युआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रुपमा शुरुवात गरे ।
सो सेवा सुरु भएसंगै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रा लगायत अन्य विदेशी मुद्रा र सिक्का खरीद गर्दा निशुल्क रुपमाक्युआर प्रयोग गरी आफूले चाहेको रकम लिन सक्नेछन् ।
यसका साथै सेवाग्राहीले विभिन्न बैंकको एटिएममा धाएर रकमलिनुको सट्टा कार्यालय खुलेको समयमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयमागई निशुल्क रुपमाक्युआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिनसक्ने भएका छन् । यसबाट एउटा बैंकको खातावालले अर्को बैंकको एटिएम प्रयोग गर्दा तिर्नुपर्ने शुल्क बचत हुने भएको छ ।
नेपालमा हुने सम्पूर्ण कारोवारहरुलाई क्रमशःनगद रहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोवार गर्न नेपाल राष्ट्र बैंकले प्रयास गरीरहेको निर्देशक सुवेदीले बताए ।
विद्युतीय भुक्तानीका विभिन्न उपकरणहरु मध्ये ग्राहकको मोवाइल एप वा मोवाइल वालेट प्रयोग गरी क्युआर स्क्यानमार्फत गरिने भुक्तानीलाई ग्राहकले अत्यधिक रुचाएकोले नेपाल राष्ट्र बैंकका अन्य विभाग तथा कार्यालय लगायत सिद्धार्थनगर कार्यालयले समेत क्युआर माध्यमलाई रोजेको निर्देशक सुवेदीले स्पष्ट पारे ।
नेपालमा क्युआर माध्यम मार्फत हुने कारोवारलाई स्वीकार गरी सम्बन्धित बैंकको खातामा रकमान्तर गर्न दुईवटा कम्पनी फोन पे र नेपाल पे ले इजाजत लिएका र अधिकांश बैंक तथा वित्तीय संस्थाहरु ती कम्पनीहरुमा आवद्ध भएकोले ग्राहकको सुविधालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले दुईवटै कम्पनीको क्युआर राखेको छ । यसका लागि कार्यालयले एनआइसीएसिया बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडसाग सम्झौता गरेको छ ।
सेवाग्राहीले आफ्नो बैंकको मोवाइल एप वा मोवाइल वालेट मार्फत कार्यालयमा राखिएको फोन पेको क्युआर प्रयोग गरी भुक्तानी गरेमा एनआइसीएसिया बैंक लिमिटेडसाग हिसाव मिलान हुने र नेपाल पे को क्युआर प्रयोग गरी भुक्तानी गरेमा माछापुच्छ्रे बैंक लिमिटेडसाग हिसाव मिलान हुने गरी व्यवस्था मिलाईको छ ।
दुईवटा क्युआर सेवाप्रदायकको उपस्थितिका कारण कुनै एउटामा समस्या आएमा सेवाग्राहीले अर्को क्युआरबाट कारोवार गर्नसक्ने र यसबाट सेवाग्राहीलाई सहजहुने निर्देशक सुबेदीले बताए ।

दशैका लागि असोज २९ गतेदेखि राष्ट्र बैंकबाट नयां नोट लिन सकिने

भैरहवा, दशैमा पुजाआजा तथा दक्षिणाको रुपमा नयां नोट प्रयोग गर्ने हाम्रो परम्परा छ । तर मान्यजनले टिका लगाएर दक्षिणा स्वरुप प्रदान गर्ने नयां नोटमा अविर/अक्षेतालाग्ने, पानीमाभिज्ने, तेल लाग्ने, जल्ने जस्ता कारणहरुबाट ती नोटहरु चलन चल्ती अयोग्य हुन जांदा नेपालले ठुलो क्षति बेहोर्नु परिरहेको छ ।
त्यस्ता अयोग्य नोटहरु बैंकिङ्ग प्रणालीमा आउनासाथ नष्ट गर्नुपर्ने भएकोले ठूलो विदेशी मुद्राखर्च गरी छपाईएको नेपाली नोटको अधिकतम सुरक्षा हुनेगरी जतन साथउपयोग गर्नुपर्ने नेपाल राष्ट्र सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुबेदीले जोड दिए ।
दशैं लगायतका चाडपर्वको पूर्वसन्ध्यामावितरण गरिने नयाा नोटहरु मध्ये अधिकांश नोटहरु एकपटक मात्र प्रयोग भई नेपाल राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेको र लामो समय सम्म त्यतिकै रहादा ढुकुटीमै काम नलाग्ने अवस्थामा पुग्न सक्ने सम्भावना भएकोले सकेसम्म सफा नोटको माग गर्न समेत निर्देशकसुवेदीले सर्वसाधारणलाई अपिल गरे । यसबाट नेपाली नोट लामो समय सम्म चलाउन सकिने र नोट छपाइ गर्ने समय अन्तराललाई बढाउन मद्दत पुगी नोट छपाइ र वितरणमा लाग्ने स्वदेशी र विदेशीमुद्रा बचत गर्न सहयोग पुग्ने धारणा उनले राखे ।
तर परम्परालाई निरन्तरता दिदै असोज २९ देखि कार्त्तिक ३ गतेसम्म सर्वसाधारणलाई लक्षित गरी पााच रुपैंयादेखि एकसय सम्मका एक/एक प्याकेट प्रतिव्यक्तिलाई नयाा नोट सटही गरिने व्यवस्था मिलाईएको राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले जनाएको छ ।
“ माग भएको खण्डमा हामीले सर्वसाधारणलाई तोकिएको नयां नोट उपलब्ध गराउंछौ तर सकेसम्म साना नोट प्रयोग गर्दा सुकिला नोट प्रयोग गरौं भन्ने आग्रह हो । ”उनले भने । रकम लिदा सकेसम्म क्युआरबाट सटही गर्न पनि सर्वसाधारणलाई निर्देशक सुवेदीले आग्रह गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!