शनिवार ग्रिल व्यवसायी संघ टिकाथलीको साधारणसभा सम्पन्न

  • ललितपुरको गोदावरिमा ग्रील तथा स्टिल व्यवसायी संघ ललितपुर टिकाथली इकाइ समितिको तेस्रो साधारण सभा तथा बृहत बनभोज कार्यक्रम को आयोजना गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले ग्रील तथा स्टील ब्यवसायलाइ उपेक्षा गरेको बताउनुहुँदै सरकारको नीतिको अभावको कारण अधिकांश ग्रील उध्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको जानकारी गराउनुभयो ।

    साथै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान समेत बाधा परेको बताउनु भयो। भौतिक पुर्वाधारको पनि पुर्वाधार विकासमा नभई नहुने ग्रील तथा स्टील ब्यवसाय काठको विकल्पको रुपमा समेत देखिएको हुँदा यसले वनजङ्गल विनास कम गर्न मद्दत पुगि वातावरणलाई सन्तुलनमा राख्न सहयोग पुग्ने समेत बताउनुभयो । यसले गर्दा समेत यस ग्रिलको महत्व अझ बढेको बताउनुभयो यसको साथै ब्यवसायमा नयाँ प्रविधि भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुँँदा त्यस तर्फ लाग्न व्यवसायीहरुलार्इ आग्रह समेत गर्नुभयो ।

    अधिकाश श्रमिकहरुलाइ सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभयेकोले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोसमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ व्यापक रुपमा सचालन गर्ने र साना उध्योगिहरुलाइ सरकारले शुरुमा केही अनुदान दियेर सामाजिक सुरक्षा कोषमा जान सक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो। कार्यक्रममा ललितपुर जिल्लाका महासंघका महासचिव शिव बहादुर सुनुवारले बिनादर्ता नै सन्चालनमा रहेका अवैध ग्रील उध्योगको कारण स्थापित उध्योगहरु मारमा परेको र ग्रील ब्यवसायीहरुलाई सरकारले ब्यवस्थित गर्न चासो नदिँदा ब्यवसाय अस्तव्यस्त भएको समेत बताउनुभयो।

    महासंघ महासचिव विवेकदास श्रेष्ठले ग्रील व्यवसायीहरुलाइ वातावरणमैत्री उध्योग सन्चालन गर्न नयाँ प्रविधिमा आधारित मेसिनहरुको आयातमा सरकारले अनुदान दिनुपर्ने समेत बताउनुभयो । कार्यक्रमका सभापति टलक श्रेष्ठले ग्रील ब्यवसायमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उक्त साधारण सभामा अध्यक्ष कटुवालले व्यवसायीहरुलाइ सम्मान समेत गर्नुभएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट

    हाम्रो बारेमा

    प्रधान सम्पादकः सम्झना शर्मा
    सम्पादकः ई सुवोध भट्टराई
    सम्वादाताः शुष्मा खनाल

    सम्वादाताः महेश गुप्ता
    आई.टि.:  माेहम्म्द हबिब

     

     

    सम्पर्क

    एल. स्टार मिडिया प्रा.ली.
    सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
    फोन: ९८५७०२४६७४
    ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

    error: Content is protected !!