पक्लिहवा मा.वि.मा जुनियर रेडक्रस सर्कल गठन

भैरहवा ।  नेपाल रेडक्रस सोसाइटी, वेलहिया उपशाखाको आयोजनामा आज श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा ‘जुनियर रेडक्रस सर्कल गठन तथा डेंगु सचेतना कार्यक्रम’ सम्पन्न गरेकाे छ ।

नेपाल रेडक्रस सोसाइटी, वेलहिया उपशाखाका सभापति सुमन शर्माको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका कोषाध्यक्ष एवम् पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । ऋषि हरिजनको अध्यक्षतामा पक्लिहवा मा.वि. जुनियर रेडक्रस सर्कल गठन भएको छ । सर्कलकाे उपाध्यक्षमा निखिल राजभर, सचिवमा प्रभुनाथ कोहार, कोषाध्यक्षमा आमरिन खातुन, सदस्यहरुमा अरुण यादव, अब्दुल रहमान गद्दी, रुपाली तिवारी, शिव कुमार बनिया, अमृत कुमाल, निसा पासी, नेहा बनिया रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन कार्यले विद्यार्थीहरुमा आकस्मिक रुपमा हुने सक्ने चोट पटक, दुर्घटना हुँदा प्राथमिक उपचार, यति मात्र नभई विभिन्न जनचेतनामुलक कार्यक्रम, स्वयम्सेवी कार्य, तालिम, अतिरिक्त क्रियाकलाप इत्यादिमा यस सर्कलले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेत, नेपाल रेडक्रस सोसाइटी, वेलहिया उपशाखाका पुर्व अध्यक्ष तथा वेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने लगायतले जुनियर रेडक्रस सर्कलको महत्व सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो भने डेंगु सचेतना कार्यक्रम अन्तर्गत जिल्ला शाखाका डेंगु कार्यक्रमका सहजकर्ता सुरक्षा भट्टराईले डेंगु नियन्त्रण, रोकथाम, खोज र नष्ट अभियान बारेमा सहभागी शिक्षक–शिक्षिका, विद्यार्थीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रम संयोजक माधव शर्माकोे स्वागत र ऋषिराम पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वेलहिया उपशाखाका राकेश गुरुङ्ग, पंकज उदास, भरत थापा, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, शिक्षकनायक याम कुमारी राना, समाजसेवी मोहनसिंह शाही, ओजश शर्मा, नन्द राना, तेजेन्द्र गुरुङ्ग, रेडक्रस स्वयम्सेविका सारिका शर्मा, शितल शाही, अनिसा नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!