सम्झना शर्मा । रुपन्देहीमा जग्गा दलालहरुले दाहसंस्कार गर्ने स्थान रहेको सार्वजनिक जग्गा हडपेर आफ्नो नाममा गराएको तथ्य बाहिर आएको छ ।
सिद्धार्थनगर नगरपालिका वडानं १० एयरपोर्ट नजीक घागरा खोला छेउमा रहेको पितृ विर्शजन तथा शव दहन स्थल रहेको एक बिगाहा ५ कठठा जग्गा बिक्री गरेको खुलेको सिद्धार्थनगर नगरपालिका वडानं ४ का वडा अध्यक्ष भोला यादवले बताए ।
अहिले सो जग्गा अर्घाखांची जिल्लाको साबिक मैदान गा.वि.स. वडा नं. ५ बस्ने नुरपति घिमिरेको नाति , नरपति घिमिरेको छोरा फर्सुराम घिमिरेको नाममा दर्ता भएको जिल्ला मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चायले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गाको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएपनि मालपोतमा भने २०७१ सालमा दर्ता गरिएको छ । “यसरी यो सिधै जालसाजी हो भन्ने ठहर हुन्छ, यो स्वतह खारेजीमा जान्छ ” यसलाई व्यतिmको नामबाट खारेज गरी सार्वजनिक जग्गा कायम गराउन म प्रतिबद्ध छु प्रमुख मालपोत अधिकृतले भने । रुपन्देहीमा सार्वजनिक जग्गामा भुमाफियाहरुको धरै फटाई गरेका रहेछन् म सबै सच्चाउदै छु यसमा स्थानीयको साथ चाहिन्छ उनले भने ।
जग्गा दलाल समेतको सम्लग्नतामा मालपोत कार्यालय रुपन्देहीबाट २०७० बैशाख २८ गते फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । यस अगाडि उक्त जग्गा पर्ति जग्गा रहेको थियो । सिद्धार्थनगर नगरपालिका वडानं १० र ४ का स्थानियहरुको शब जलाउने घाटका रुपमा सो स्थान प्रयोग हुदै आएको थियो । सोमवार स्थानियहरुको टोली जिल्ला मालपोत कार्यालयमा पुगेर दोषीलाई कडा कारवाहीको माग गर्दै जग्गा फिर्ता गर्नका लागी पहल गरिदिन मालपोत प्रमुखसंग आग्रह गरेका छन् ।
स्थानियका अनुसार सो ठाउलाई घाटको रुपमा प्रयोगको लागि २०४९ सालमा स्थानीयबासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम सेड घर र दाहसंस्कार गर्न स्थान तैयार गरिएको थियो । २०४६ सालको जनआन्दोलन पश्चात आएको बहुदलीय व्यवस्था पछि सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर प्रमुख डा. बलराम गौतमले पुजा अर्चना गरी उक्त स्थान शव विर्सजन गर्ने स्थानका रुपमा संचालनमा आएको थियो ।
त्यस पछि विभिन्न समयमा २०५४ सालमा संस्था, जिल्ला विकास समिति रुपन्देही र सिंचाई कार्यालय रुपन्देहीको सहयोगमा उत्तर तर्फ नदी कटान रोक्नको लागि तटबन्ध गरिएको थियो । यस्तै २०६१ मा रुपन्देही वातावरण संघबाट वृक्षरोपण र तारबार गरी स्मृति वनवाटीका नामाकरण गरिएको थियो । २०६२ सालमा पनि लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर ईण्टरनेशनलबाट वृक्षारोपण कार्य गरिएको थियो । २०६८ सालमा स्थानीयबासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट पितृ विसर्जन उपभोक्ता समिति गठन गरी घाटको सुदृढीकरण गरिएको थियो । उक्त जग्गा व्यक्ती नाममा रहेको जानकारी पाएसंगै सिद्धार्थनगर नगरपासलका वडानम्बर ४ वडाअध्यक्ष मुक्ती प्रसाद थादव भोलाले सार्वजनिक जग्गामा लगत नजर लगाउने कुनै पनि माफियालाई उन्मुक्ती दिन नहुने बताए ।
