लुम्बिनी होटल संघमा गोविन्द प्रसाद ज्ञवालीकाे पुनः नेतृत्व

भैरहवा । लुम्बिनी होटल संघको अध्यक्षमा दोश्रो कार्यकालको लागि गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार हुने अधिवेशनको लागि बुधबार मनोनयन दर्ताको समय रहेको थियो । अधिवेशनको एक दिन अगावै नेतृत्व टुंगिएको हो ।

बिहिबार ३ बजे सम्म अध्यक्ष पदको लागि ज्ञवालीको एकल उम्मेदवारी परेकोले उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडेले जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाल कण्डेल, सचिव भुपेन्द्र गुरुङ्ग र सह कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्विरोध निर्वाचित भएको बन्जाडेले बताए ।

सदस्यहरुमा टिका कुमारी कट्टेल र पदमा न्यौपाने पनि निर्विरोध निर्वाचन भएका छन । यस्तै अन्य ६ सदस्य पदको लागि १० जनाको उम्मेदवारी परेकोले भोली सदस्य पदको लागि मात्र मतदान हुने भएको छ । सदस्यहरुमा दिपक पंगेनी, प्रदिप भट्टराई, कृष्ण बहादुर खत्री, धिरज हलुवाई गुप्ता, धिरज भण्डारी, एकराज कण्डेल, जगत थापा, कृष्ण प्रसाद पोखरेल, रजुल श्रेष्ठ र माधव पौडेलले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत बन्जाडेले बताए ।

शुक्रबार संघको पाचौं बार्षिक साधारण सभा एवम तेश्रो अधिवेशन हाेटल बुद्धमाया प्यालेस लुम्बिनीमा हुदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!