नेपाललाई महिला टी–२० सिरिजको उपाधि

काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि जितेको छ । फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन: खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो ।

नेपालकी इन्दु बर्मा १९ बलमा २ चौकासहित १९ रनमा नटआउट रहिन् ।

महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!