बुटवल,
राष्ट्रिय क्रिकेटर शक्ति गौचनले पूर्वाधार अभाव नेपाली क्रिकेटको चुनौति रहेको बताएका छन् ।
शनिबार रोटरी क्लव अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भएका शक्तिले नेपालमा क्रिकेटकाको ठुलो सम्भावना हुंदाहुंदै पनि प्रयाप्त पूर्वाधारको कमिले सोचे अनुरुप सफलता पाउन नसकिएको बताए । रोटरी क्लवको १४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेफाली क्रिकेटेको बिगतदेखि वर्तमान सम्मको अवस्था, त्रिकेटको भविष्य, क्रिकेट खेलाडीहरुको संभावनाका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे ।
उनले माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसाग प्रतियोगिता गर्न नेपालमा सुरक्षित मैदान समेत नभएको भन्दै यसका लागि राज्यले ठोस भूमिका निर्वाह गर्नुपर्ने बताए । “पछिल्लो समय नेपाली क्रिकेट आˆनो लयमा फर्किएको छ, नेपाली क्रिकेटले आगामी दिनमा पनि यही लय समात्यो भने निश्चित रूपमा हामी थप एक स्तर माथि पुग्न सक्छाौ”–उनले भने ।
खेलाडीका लागि नियमित अभ्यास गर्न केही मैदान अभ्यासका लागि पिचहरू भएपनि प्रयाप्त पूर्वाधार नहुादा क्रिकेटको विकासमा चुनौती थपिएको गौचनको भनाई छ । “हामीसाग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसाग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन”–उनले भने ।
नेपालले टेष्ट मान्यताका लागि खेलाडीहरुले कठिन संघर्ष गरिरहेको भन्दै उनले टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिने बताए ।
राष्ट्रको खेलकुद विकासका लागि खेलाडीको वृत्ति विकास पनि महत्वपूर्ण हुने भन्दै उनले अहिले खेलाडीहरुले पाइरहेको सेवा सुविधा प्रयाप्त नभएको बताए । “बिगतमा भन्दा धेरै सुधार त भएको छ, खेलाडीहरुको वृत्ति विकासको लागि प्रयाप्त भने छैन”–उनले भने । गौचनले आफ्ना समकालीन पारस खड्का क्यानको नेतृत्वमा जाने तयारीमा रहेको भन्दै उनबाट क्रिकेट विकासले फड्को मार्ने विश्वास व्यक्त गरे । उनले आफू रुपन्देहीबासी भएकाले नयाा खेलाडी जन्माउन प्रयासरत रहेको बताए । आफूले समयमै क्रिकेटबाट सन्यास नलिएको भए अहिले कुशल मल्ल जस्ता खेलाडी राष्ट्रिय टिममा नहुन सक्ने भन्दै उनले क्रिकेटप्रतिको नयाा पुस्ताको आकर्षणलाई बचाएर लैजानु फनि त्यक्तिकै आवश्यक रहेको बताए । बैठकमा क्लवका अध्यक्ष करुण खनालले राष्ट्रिय त्रिकेटर शक्ति गौचनलाई क्लवको बैठकमा बोलाएर त्रिकेटप्रतिको ज्ञान, अनुभव र भावी संभावनाका कुरा गर्ने अवसर पाउादा गौरव लागेको बताए । त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, शिवकुमार ज्ञवाली, अजयमान श्रेष्ठ, तारानाथ भट्टराई, बोनिन पियाल, खिमनारायण पराजुलीगायतले क्रिकेटर गौचनसाग विभिन्न जिज्ञासा राखेका थिए ।
