भैरहवा । सशस्त्र प्रहरीकाे सक्रियताले सशस्त्र प्रहरी बल नेपाल, (प्रस्तावित सीमा सुरक्षा गुल्म) डण्डा, रुपन्देहीले गुल्म भएपछि ४ करोड १ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेकाे छ । सिमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्ला अन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भैरहवा भन्सार कार्यालय तथा लुम्बिनी छोटि भन्सार कार्यालयलाई सपोर्ट गर्न डण्डा गुल्म तथा अन्तर्गतका पाँच वटा वि. ओ.पिहरु परिचालित छन ।
चैत्र देखि देखि श्रावण महिनाको दौरान यस युनिट अन्तर्गत चार करोड एक लाख पचिस हजार नौ सय चौध रुपैया बराबरका अबैध मालबस्तुहरु बरामद गरेको हो । शस्त्र प्रहरीका आईजिपी राजु अर्यालले सीमा सुरक्षालाई थप मजबुद तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन गुल्मको प्रस्ताव ल्याएका थिए । दक्षिणी सीमामा रहेका दुई सय एकाउन्न मध्ये पैतालिस वटा वोर्डर आउट पोष्ट विओपीहरुलाई स्तर उन्नति गरि डिएसपिको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म बनाउन नेपाल सरकार समक्ष प्रस्तावसँगै रुपन्देहीमा रहेको डण्डा वि.ओ.पि प्रस्तावित सीमा सुरक्षा गुल्ममा स्तर उन्नति भएको थियो ।
गुल्मको पहिलो गुल्मपतिका रुपमा सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) अरुण शर्माले कमाण्ड सम्हाले लगतै छोटो अवधिमै सशस्त्रले राज्यको ढुकुटी एवं राजश्वमा ठुलो योगदान गरेको छ । गुल्मले “ईमान्दार सशस्त्र प्रहरी सेवा तथा तस्करी नियन्त्रण अभियान“ संचालन गरे संगै एकल तथा भन्सार संग संयुक्त रुपमा २०७९ चैत्र १३ देखि हालसम्म तस्करीमा संलग्न तथा सशस्त्र प्रहरीको काममा बाधा पुर्याउने पच्चिस जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । खासै व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको सुरक्षानिकायले यो पटक भने सक्रियताका साथ संलग्नलाई पनि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
डण्डा ईलाकामा तस्करीमा संलग्न सत्र जना व्यक्तिहरुलाई सम्झाई बुझाई गरि तस्करी पेशा छोडाएको तथा सम्झाई बुझाई गर्दा समेत सुरक्षाकर्मीको आँखा छलि तस्करी गर्ने दुई जना बिरुद्ध भैरहवा भन्सार कार्यालय मार्फत वारेन्ट जारि समेत भएको गुल्मपति शर्माले भने ।
चार करोड बढिको राजश्वमा योगदान पुर् याएको डण्डा गुल्मले अन्तर्गतका वोर्डर आउट पोष्टहरु बाहेक आफै डेढ करोड भन्दा बढिको अबैध मालबस्तुहरु यस अवधिमा भन्सार दाखिला गरेको छ । त्यसै गरि अवैध मालस्तु ढुवानीमा प्रयोग भएका नौ थान मोटरसाईकल, एक थान स्कुटर, आठ थान साईकल, दुई थान अटोरिक्सा, एक थान बस र एक थान ट्रक समेत बरामद गरि भैरहवा भन्सार कार्यालयमा दाखिला गरेको गुल्मले जानकारी दिएको छ ।
यसका साथै नौ लाख अस्सि हजार सात सय पचास मुल्य बराबरको अवैध कुखुरा तथा माछा बरामद गरी पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिएको समेत डण्डा गुल्मले जानकारी दिएको छ ।
उद्योग बाणिज्य संघको अनुरोध र भैरहवा भन्सार कार्यालयले लागु गरेको सय रुपैया भन्दा माथिका मालबस्तुमा भन्सार लाग्ने व्यवस्थालाई कार्यन्वयन गर्न डण्डा गुल्मले नेतृत्वदायि एवं विशेष भुमिका निर्वाह गरेको छ । भारतीय सीमावर्ती ईलाकामा लाग्ने फरेनिया हाटबजारका कारण आफुहरुको व्यापार चौपट भएकाले नेपाली ग्राहकहरुलाई उक्त बजार जान रोक्न जिल्ला राजश्व चुहावट नियन्त्रण समितीको निर्णय अनुरुप काम गर्दै आएको छ । गूलममा स्तर उन्नति भई प्रस्तावित सीमा सुरक्षा गुल्म भए संगै छोटो अवधिमा डण्डा ईलाकामा तस्करीमा संलग्न व्यक्तिहरु ठुलो मात्रामा कानूनी कारवाहिको दायरामा आएको, कयौ व्यक्तिहरु पलायन भएको दाबी गुल्मले गरेको छ ।
