लुम्बिनी,
लुम्बिनी विकास कोषका नवनियुत उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले शुक्रबार कपिलवस्तुको एतिहासिक एवं प्राचीन धार्मिक पर्याटकिय भग्नावशेष स्थानहरुको अवलोकन एवं निरीक्षण गरेका छन् । संविधानसभा सदस्य समेत रहेका उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोट, कुदान, गोटीहवा, सगरहवा, जगदिसपुर, निलिहवा, अरुयरकोट, सिसनिया लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गरेका थिए ।
उक्त स्थानको निरीक्षण पश्चात् उपाध्यक्ष डा.लामाले लुम्बिनी र आसपासका क्षेत्रहरु लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्याटकहरु भित्राउन सुरु गर्ने बताए ।
अशोकस्तम्भ मायादेवी मन्दिर, विहारखण्ड सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआई पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाई दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने समेत जानकारी अवलोकनको क्रममा दिए । बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण समेत गरेका छन् ेछन् ।
