भैरहवा,
शिक्षा क्षेत्रमा अब्बल देखिएको साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज सिद्धार्थनगर–८, रुपन्देहीले विद्यालयबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको छ ।
बुधबार भैरहवामा आयोजित एक समारोहमा २०८० सालको राष्ट्रिय बोर्ड परीक्षामा १२ कक्षा उर्त्तीण गरेका सिद्धार्थनगरकै उत्कृष्ट विद्यार्थी विपाशा बस्यालसहित १० जनालाई पुरस्कृत र अन्य सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रबन्ध निर्देशक मोति प्रसाद पौडेलले जानकारी दिए ।
विद्यालयका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले पछिल्लो समय सिद्धार्थनगरका शैक्षिक संस्थाहरुको शैक्षिक स्तर वृद्धि हुदै गएको बताए । जसमा साई ग्लोबल एकेडेमी लगायतका विद्यालयहरु एदाहरण बन्दै गईरहेको भन्दै गुणस्तरीय शिक्षाका लागि साई ग्लोबललाई धन्यवाद दिए । उनले शैक्षिक गुणस्तर कायम गर्न सबै विद्यालयहरुले ध्यान दिनुपर्नेमा जोड दिए । १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई उपाध्यक्ष पन्थीले बधाई ज्ञापन गरे ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले साई ग्लोबल मावि जिल्लाकै राम्रो शैक्षिक संस्था बन्दै गएकोमा खुशी व्यक्त गर्दै अझै स्तरीय बन्न सुझाव दिए । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उच्च शिक्षाका लागि भैरहवा क्षेक्रमा सञ्चालित विद्यालयहरु अब्बल रहेको बताए ।
कार्यत्रममा प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेल, सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, विद्यालयका प्रबन्ध निर्देशक मोति प्रसाद पौडेल, प्राचार्य कौशलराज गौतम, उत्कृष्ट विद्यार्थी विपाशा बस्याल, कलेजका संयोजक लक्ष्मण ज्ञवाली, दिपक लामिछाने लगायतले भनाई राख्दै उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुझकामना व्यत गरे । वि.स.२०३८ सालमा स्थापना भएको साई ग्लोबल एकेडमीबाट यो वर्षमात्र करीब ३ सय विद्यार्थीले १२ पास गरेका छन् । जसमध्ये विपाशा वस्याल सिद्धार्थनगर मै उत्कृष्ट भएकी छन् । यस्तै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ठ जिपिए ल्याएका छन् । साई ग्लोबले स्नातक तहमा विविएस विषयमा समेत उत्कृष्ट अध्यापन गराउदै आईरहेको छ । १८ सय बढी विद्यार्थी अध्ययन गरिरहेको साई ग्लोवलले विद्यालय स्तरदेखि नै खेलकुद लगायतका अतिरिक्त विषयमा समेत आफुलाई उत्कृष्ट सावित गर्दै आईरहेको विद्यालयका प्रिन्सिपल कौशल गौतमले दावी गरे ।
